सुशासनदेखि समृद्धिसम्म स् सुनसरी–१ मा नेकपाको १५ बुँदे प्रतिबद्धता

  • माघ २९, २०८२
  • २५१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर 

धरान, २९ माघः संघीय प्रणाली सुदृढीकरण, पारदर्शी बजेट प्रणाली, कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले सुनसरी निर्वाचन क्षेत्र नं। १ का लागि समग्र विकासमुखी १५ बुँदे स्थानीय प्रतिबद्धता पत्र बिहिवार सार्वजनिक गरेको छ।

धरानको ड्रीम्ल्याण्ड होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबास व्यवस्थापनदेखि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, भाषा–संस्कृति संरक्षण र सुशासनसम्मका विषय समेटिएका छन्।

प्रतिबद्धता पत्रमा वास्तविक सुकुम्बासीलाई आवास तथा जमिनको हक सुनिश्चित गर्ने, भूमिहीन र अव्यवस्थित बसोबासका नागरिकलाई सहज ढंगले धनीपूर्जा वितरण गर्ने तथा आधारभूत पूर्वाधारको पहुँच विस्तार गर्ने उल्लेख गरिएको छ। भूतपूर्व ब्रिटिस आर्मी तथा गोर्खा सैनिक परिवारका लागि समान सुविधा र सम्मानजनक व्यवस्थाको पहल गरिने पनि जनाइएको छ।

संविधान संशोधन, संघीय संरचना सुदृढीकरण, बाँकी ऐन–कानुन निर्माण, विभेदकारी कानुनी व्यवस्था खारेज, पारदर्शी बजेट प्रणाली कार्यान्वयन तथा शिक्षा, कर्मचारी र प्रहरी सेवा ऐन सुधार गर्ने प्रतिबद्धता पनि पत्रमा समावेश छ। निर्वाचन प्रणाली सुधारको विषयसमेत उठाइएको छ।

पूर्वाधार र पर्यटन विकास

धरान–लेउती बहुउद्देश्यीय सुरुङमार्ग, सडक स्तरोन्नति, पुल निर्माण, खोला तटबन्धन तथा करिडोर विकासलाई प्राथमिकतामा राखिएको छ। आदिवासी जनजाति भवन निर्माण तथा रोकिएका सडक योजनाहरू अघि बढाउने योजना पनि समेटिएको छ।

धार्मिक तथा ऐतिहासिक स्थल जोड्ने पर्यटन सर्किट विकास, विष्णुपादुका–बराहक्षेत्र मार्ग स्तरोन्नति, सुम्निमा–पारुहाङ तथा सावायेहाङ परियोजना, थाउजेन बिग बुद्ध, आदिवासी जनजाति संग्रहालय, सप्तरङ्गी पार्क, बोटानिकल गार्डेन, विजयपुर–सुलिकोट–सूर्यकुण्ड क्षेत्र विकास, एडभेन्चर पर्यटन प्रवर्द्धन तथा सप्तकोशी क्षेत्रमा जलपर्यटन विस्तार गर्ने कार्यक्रम अघि सारिएको छ।

कृषि, शिक्षा र रोजगारी

कृषि आधुनिकीकरण, बेमौसमी तरकारी, दूध–मासु तथा अदुवा–बेसार–तेजपत्ता पकेट क्षेत्र विकास, भण्डारण, प्रशोधन र बजारीकरणको व्यवस्था सुदृढ गर्ने उल्लेख छ। धरान कृषि बजार स्तरोन्नति गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

सर्वसुलभ शिक्षा, आईटी पार्क स्थापना, डिजिटल उद्यमशीलता प्रवर्द्धन, आत्मनिर्भरता र स्वरोजगार कार्यक्रम, विदेश पलायन न्यूनीकरण तथा प्राविधिक क्याम्पसलाई अनुसन्धान र उत्पादन केन्द्रका रूपमा विकास गर्ने नीति समेटिएको छ।

स्वास्थ्य, खेलकुद र सहर विकास

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रविधियुक्त विश्वविद्यालय र अस्पतालका रूपमा विकास गर्ने, स्थानीय अध्ययन कोटा सुनिश्चित गर्ने तथा सुविधा सम्पन्न धरान नगर अस्पताल र ट्रमा सेन्टर स्थापना गर्ने प्रतिबद्धता गरिएको छ।

खेलकुद क्षेत्रलाई ‘स्पोर्ट्स हब’ का रूपमा विकास गर्ने, अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय कभर्ड हल निर्माण, रंगशाला तथा क्रिकेट मैदान स्तरोन्नति गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

दीर्घकालीन खानेपानी समाधान, वितरण प्रणाली सुधार, हाइटेन्सन लाइन व्यवस्थापन, नयाँ टाउन प्लानिङ सिटी विकास, वैज्ञानिक फोहर व्यवस्थापन, प्रदूषण नियन्त्रण तथा जलाधार संरक्षणलाई प्राथमिकता दिइएको छ।

उम्मेदवार भट्टराईको धारणा

पत्रकार सम्मेलनमा उम्मेदवार मनोज भट्टराईले स्थानीय आवश्यकता र सम्भावनालाई केन्द्रमा राखेर प्रतिबद्धता पत्र तयार गरिएको बताए। उनले धरानको भूगोल, समाज र समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै स्थानीय स्तरमै समाधानमुखी पहल गर्ने दाबी गरे।

दुई कार्यकाल वडा अध्यक्षको अनुभव रहेको उल्लेख गर्दै उनले पार्टी, जात र धर्मभन्दा माथि उठेर सुनसरी–१ का नागरिकको साझा उम्मेदवारका रूपमा आफू प्रस्तुत भएको बताए।

धरान ४ एमालेको आधार एमाले उमेद्वार टीकाराम लिम्बू

छाल खवर धरान,२९ मा  नेकपा ९एमाले० का सूर्य ध्वजावाहक उमेद्वार टीकारा ...

मनोजः भूगोल र मन जोड्न आएको मान्छे

मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलि होचो कदको मान्छेको वि ...

धरानसहितको सुनसरी १ मा एमालेले बनायो गोप्य प्रचार

छाल खवर धरान,२७ माघः सुनसरी क्षेत्र नम्बर १ मा आफ्ना सूर्यध्वजावाहक उमेदवार ...

हङकङमा नेपाली व्यवसायीद्वारा जव लिंक कनेक्ट एप सा

छाल खवर धरान,२६ माघः हङकङमा नेपाली समुदायका व्यवसायीद्वारा विकसित जव ...

नेवा च्यारीटी एजुकेशन फन्टद्धारा छात्रवृत्ति वितरण

छाल खवर धरान,२५ माघ ः धरान रन नेवाः च्यारीटी एजुकेशन फण्डले १३ जना विद्यार् ...

सुच्चा राईद्धारा ११३ पिन्ट रक्तदान संकलन

छाल खवर धरान,२४ माघः सुच्चा राई कल्याणकारी समाज धरान सुनसरीले २६ औं स्थापना ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic