फेड आइडी वनाएर महिलाको चरीत्र हत्या गर्नेको पहिचान गरी कार्वाही गर्न माननीयः मिना श्रेष्ठको माग

  • फागुन १, २०८२
  • ९३८ पटक पढिएको
  • छाल खबर
alt

 छाल खवर

धरान,१ फागुनःसामाजिक सञ्चालमा वढेको महिला हिसांत्मक व्यवहार नियन्त्रण गर्न कोशी प्रदेश सभाकी सदस्य मिना श्रेष्ठले वताउनु एको छ  ।

कोशी प्रदेश सभाको सदनमा शुक्रवार वोल्दै श्रेष्ठले सो कुरा वताउनु भएकाे हाे ।

सामाजिक सञ्जालमा हुने गरेका अत्यन्त गम्भिर र संवेदनशील विषयको कुरा उठान गर्नुभएको छ ।

उहाँले हिजो आज सामाजिक सञ्जालमा फेक आइडी वा विभिन्न नामबाट महिला नेताहरुलाई लक्षित गर्दै अश्लिल गाली गलौज र चरीत्र हत्या र अपनाम जनक टिप्पणी गर्ने प्रवृत्ति तिव्र वन्दै गएको उल्लेख गर्नुभएको छ ।

श्रेष्ठले त्यसको शिकार स्वयम आफूपनि भएको समेत जिकिर गर्नुभएको छ । यो केवल मेरो व्यक्तीगत पीडा होइन यो समग्र महिला नेतृत्व माथिको आक्रमण हो यो महिला माथि मात्रै नभएर लोकतन्त्रको मर्यादा माथिको ठूलो प्रहार भएको उहाँको भनाई रहेको छ ।

विचारको असहमति लोकतन्त्रको सौन्दर्य भएपनि तर असहमतिको नाममा अश्लिलता पीडा र लैङिक हिंसा स्विकार्य हुन नसक्ने चेतावनि समेत दिनुभएको छ । सामाजिक सञ्चाल अभिव्यक्तिको माध्यम भएपनि कसैको चरीत्र हत्या गर्ने वा महिलाहरुलाई चुप लगाउने हतियार वन्न नहुने उहाँले उल्लेख गर्नुभएको छ ।

यस्ता गतिविधिले महिला नेतृत्वलाई मानसीक यातना दिने मात्र हैन राजनीतिमा आउन चाहाने युवा पुस्तालाई छोरी वैनीहरुलाई निरुत्साहि गर्ने वताउदै त्यस प्रवृत्तिको उहाले विरोध गर्नुभएको छ । मौन वसेमा यस्तौ प्रवृत्ति मौलाउने भएकोले तत्काल नियन्त्र गर्न माग नेपाल सरकार,सम्वन्धित सुरक्षा निकाय,साइवर व्युरोसंग जोडदार माग गर्नुभएको छ ।

फेक आइडी मार्फत अस्लिल गाली गलौज गर्ने व्यक्तिहरुको पहिचान गरी तत्काल कार्वाही गर्न जोडदार माग समेत गर्नुभएको छ ।

साईवर अपराध नियन्त्रण सम्वन्धी कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न,महिला नेतृ तथा सार्वजनिक व्यक्तित्व माथि हुने गरेका अनलाइन हिंसा विरुद्ध स्पष्ट नीतिगत संरचनागत व्यवस्था गर्न, सवै राजनीतिक दल नागरीक समाज र आम सञ्चार माध्यमलाई अपिल गर्दै महिला नेतृत्व माथिको अनलाईन हिंसा विरुद्ध एकजुट भएर आवाज उठाउन समेत उहाँले आव्हान गर्नुभएको छ ।

महिला हुनु भनेको कमजोरी हैन नेतृत्व गर्नु भनेको अपराध होइन हामीलाई डराएर गाली गरेर चरीत्र हत्या गरेर यो अनलाइनका पोष्टहरुलाई नियन्त्रण गर्न सकिदैन त्यसैले यस विषयलाई गम्भिरताका साथ लिएर दोषी माथि कडा कर्वाही गरी महिला नेतृत्वको सम्मान सुरक्षा र गरीमा सुनिश्चित गर्न माग समेत गर्नुभएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic