बुढासुब्बा गोल्डकपको उपाधि ब्वाइजको हातमा

  • फागुन २, २०८२
  • १,१५१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ फागुनः धरानमा जारी २६औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाडौँले जित हासिल गरेको छ ।

शनिवार धरान रङ्गशालामा भएको फाइनल खेलमा प्लानिङ ब्याइजले चर्च ब्वाइज युनाइटेड काठमाडौँलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो ।

चर्च ब्वाइज अघिल्लो वर्ष २५औँ संस्करणको उपविजेता टोली थियो।

उपाधिसँगै प्लानिङ ब्याइजले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता चर्च ब्याइजले नगद ५ लाख रुपैयाँमा हात पारेको छ ।

खेलको दोस्रो हाफको १८औँ मिनेटमा प्रताप सिंह राईको एकल प्रयासमा भएको निर्णायक गोल नै प्लानिङ ब्वाइजका लागि उपाधि दिलाउने गोल बन्न सफल भएको थियो ।

घरेलु दर्शकको व्यापक साथ पाएको चर्च ब्वाइज गोल फर्काउन असफल भएपछि उपविजेता मै सीमित हुन पुगेको थियो।

पहिलो सहभागितामै उपाधि जित्दै प्लानिङ ब्वाइज क्लब काठमाडौँले बुढासुब्बा गोल्डकपको इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेखाउन सफल समेत भएको छ।

खेलको म्यान अफ द म्याच प्लानिङका प्रताप सिंह राई घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । एकल प्रयासमा गोल गरेका थिए ।

प्रताप सिंह राई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित व्यक्तिगत विधातर्फ पनि प्लानिङ ब्याइजले वर्चस्व कायम गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङका प्रताप सिंह राई घोषित भए ।उनलाई होण्डाको डियो स्कुटर पुरस्कार प्रदान गरिएको थियो ।

हाई स्कोर प्लानिङका प्रताप सिंह राई, झापा ११ का खेलाडीद्व्रय राजेश दाहाल,एरोन थापामगर घोषित भए । उनीहरूले समान २÷२ गोल गरेका थिए । उनीहरूलाई नगद ३५ हजार पुरस्कारबाट दामसाहीरुपमा १२÷१२ हजार प्रदान गरिएको थियो ।

त्यस्तै गरी प्रतियोगिताको वेस्ट गोल किपर प्लानिङका योगेश धिमाल,वेस्ट डिफेन्डर प्लानिङका निनुङमा घिसिङ, वेस्ट मीड फिल्डर चर्च ब्याईजका रोहन कार्की, वेस्ट स्ट्राइकर चर्च ब्याईजका अव्यमी फकिनले,वेस्ट कोच प्लानिङका सञ्जीत सिंह, हाईस्कोरर प्रताप सिंह राई घोषित भए । उनीहरूलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिएको छ ।

उत्कृष्ट पत्रकारीता पुरस्कार प्रधानलाई

पत्रकारीतको माध्यक्षबाट खेल क्षेत्रमा योगदान पु¥याएको भन्दै आयोजक धरान फुटवल क्लवले महिला पत्रकार रस्मी प्रधानलाई पुरस्कृत गरेको छ ।

RASMI PRADHAN एक दशक भन्दा लामो समय देखि पत्रकारीतामा निरन्तर सकृय रहेकी पत्रकार प्रधान कपुरी न्युजमा कार्यरत रहेकी छिन् । उनलाई नगद ११ हजार रुपैयाँसहित प्रमाण–पत्र प्रदान गरिएको हो।

गोल्डकप प्रतियोगिताभरि उत्कृष्ट समाचार लेखन मार्फत पत्रकारितामा योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै पत्रकार प्रधानलाई उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic