हामी एमालेलाई जिचाउन आतुर छौ धरान–४ वासी

  • फागुन ३, २०८२
  • ८१२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ फागुन ःधरान–४ का मतदाता नेकपा एमालेका उम्मेद्वारलाई जिताउन आफूहरु आतुर रहेको वताएकाछन् ।

एमाले उमेदवारहरु टीकाराम लिम्बू र मौसम राईले धरान ४ नम्बर वडामा गरेको घरदैलो कार्यक्रमका अवसरमा स्थानीयले सो कुरा वताएका हुन ।

लिम्वु र राईले पञ्चकन्याबाट टिका ग्रहण गरी घर दैलो कार्यक्रमको शुभारम्भ गरेकाछन् । उमेदवारहरुलाई धरान ४ का वडा अध्यक्ष धनबहादुर राईले शुभकामना दिँदै सूर्यमा मतदान गर्न समेत वडावासीलाई आह्वान समेत गरेकाछन् ।

शनिबार धरान ४ खैरेनीटार काठेपुलबाट घरदैलोको शुभारम्भ गरेको हो । वडा अध्यक्ष धनबहादुर राईले यो संघीय निर्वाचन हो । यो वडा एमालेको आधार इलाका भएको बताउनु भयो ।

उमेदवारहरुलाई पाँचकन्याहरुले कलशले स्वागत गर्दै टीका र रुद्राक्षको माला लगाइदिएर अभियानको शुभारम्भ गरेका थिए । शुभारम्भमा निर्वाचन परिचालन समितिका सहसंयोजक प्रदिप भण्डारी, प्रदेश सांसदहरु विजयकुमार राई, रमेश बस्नेत, निर्वा चन परिचालन प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राई, निर्वाचन परिचालनका हाइकमाण्डका जयकुमार राई, शुशीला पहाडी, मीनकुमार सुब्बा लगायतका सहभागी रहनु भएको छ ।

आज धरान ४ स्थित खैरेनीटार, बसन्तटार, किरात वस्ती, पत्रुङबारी लगायतका टोहरुका जनतासंग उमेदवारहरुलाई साक्षात्कार गराईने निर्वाचन परिचालन समिति धरान ४ का संयोजक राजन चाम्लिङले बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले वडा नम्बर ४ का अध्यक्ष दोर्ण कट्वालले वडा एमालेको जनआधार भएको वडा भएकाले टिकाराम लिम्बूको पक्षमा माहौल बनेको बताउनु भयो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic