​सिद्धार्थ शिशु सदन स्कुललाई दुई उपाधी

  • फागुन ३, २०८२
  • ८७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ फागुन ः सिद्धार्थ शिशु सदन स्कुल धरान–१६ ले प्राज्ञिक र खेलकुद दुवै क्षेत्रमा जिल्ला स्तरीय प्रतियोगितामा सफलता हासिल गरेको छ।

प्याव्सन सुनसरीले आयोजना गरेको अन्तर नगरपालिका जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा सिद्धार्थ शिशु सदनले जिल्लाभरकै २० उत्कृष्ट विद्यालयहरूलाई पछि पार्दै पहिलो स्थान हासिल गर्न सफल वनेको छ ।

​धरान, इटहरी, दुहबी, रामधुनी, गढी र बराहक्षेत्र नगरपालिकाका उत्कृष्ट विद्यालयहरू सहभागी रहेको उक्त स्पर्धामा सिद्धार्थका विद्यार्थीहरू प्रथम हुन भएका थिए ।

प्रतियोगितामा सिदार्थका कक्षा ५का मुआज शाक्य,अभिज्ञ खतिवडा, र कक्षा ४ का कृषा ढकालले प्रथम उपाधी हात पार्न सफल वनेका थिए ।

​त्यसैगरी, मोरङको बेलबारीमा सम्पन्न ुबेलबारी खुल्ला कराते च्याम्पियनसिप २०८२ु मा विद्यालयकी कक्षा ६ की छात्रा सुबाष्ना श्रेष्ठले सानदार जित हासिल गरेकी छिन्। सुबाष्नाले आफ्नो अद्भुत खेल कौशल प्रदर्शन गर्दै काता र कुमिते दुवै विधामा स्वर्ण पदक जित्दै दोहोरो सफलता प्राप्त गरेकी हुन्।

​स्कुलका विद्यालयका विद्यार्थीहरुको सफलताले स्कुलको गरीमामयलाई थप अघि वढाएको स्कुलका निर्देशक विकास सोनीले वताउनु भयो । एकै समयमा प्राप्त भएका दुई ठुला उपलब्धिले विद्यालय परिवार, विद्यार्थी र अभिभावकहरूमा उत्साह थपेको निर्देशक सोनीको भनाई रहेको छ ।

निर्देशक सोनीले विद्यार्थीहरूको मेहेनत र शिक्षकहरूको मार्गदर्शनले गर्दा नै सिद्धार्थ शिशु सदनले जिल्लामै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic