अण्डर १४ विद्यालय फुटबल प्रतियोगिता शुरु

  • फागुन ४, २०८२
  • १,७२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ फागुन ः अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध्यक्ष, कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले नेपाललाई “फुटबलको देश”का रूपमा विश्वसामु चिनाउने दीर्घकालीन अभियानमा आफूहरू जुटिरहेको बताउनुभयो।

धरानमा प्रदेश स्तरीय ‘यू–१४ स्कुल लेभल गर्ल्स एण्ड ब्वाइज फुटबल प्रतियोगिताको सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटनमा वोल्दै राईले सो कुरा वताएका हुन् ।

धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा प्रतियोगिताको उद्घाटन भएको हो।
उहाँले फुटबल अब केवल मनोरञ्जनको माध्यम नभई युवाको भविष्य र रोजगारीसँग जोडिएको क्षेत्र बनिसकेको उल्लेख गर्नुभयो।

उहाँका अनुसार ग्रासरुट तहका खेलाडीहरूलाई वैज्ञानिक ढंगले अभिलेखीकरण गर्दै ‘फिफा कनेक्ट’ प्रणालीमा आबद्ध गराइनेछ, जसले खेलाडीहरूको तथ्यांक र पहिचानलाई अन्तर्राष्ट्रिय फुटबल जगतसम्म पुर्‍याउनेछ।

फुटबल विकासका लागि सरकारी तथा निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको उहाँले जोड दिनुभयो।धरानमा प्रदेश स्तरीय ‘यू–१४ स्कुल लेभल गर्ल्स एण्ड ब्वाइज फुटबल प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ।

कोशी प्रदेशमा फुटबलको नयाँ ऊर्जा भर्ने लक्ष्यसहित धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा प्रतियोगिताको उद्घाटन भएको हो।

कोशी प्रदेश फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएका विद्यालयस्तरीय छात्र तथा छात्रा टोलीहरूको सहभागिता रहेको छ।

ग्रासरुट तहबाटै प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।

विशिष्ट अतिथि तथा एन्फा सुनसरीका अध्यक्ष नवीन राईले एएफसी र फिफाको मार्गनिर्देशनअनुसार जिल्ला, प्रदेश हुँदै राष्ट्रिय च्याम्पियन छनोट गर्ने संरचना निर्माण भइरहेको जानकारी दिनुभयो। भदौमा जिल्ला, कात्तिकमा प्रदेश र माघमा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने कार्यतालिका रहेको उहाँले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले अनुशासित खेल प्रदर्शन गर्न सहभागी खेलाडीहरूलाई आग्रह गर्दै नगरपालिकाको तर्फबाट खेलकुद क्षेत्रलाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आज मैदानमा उत्रिएका खेलाडीहरू भोलि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउने विश्वास व्यक्त गर्नुभयो।

प्रतियोगिता आगामी ९ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन दिन सोमबार भएका दुई खेलमा छात्रातर्फ सुनसरीको ज्वालामुखी सेकेन्डरी स्कुललाई धनकुटाको मंगलदेवी सेकेन्डरी स्कुलले २–० गोलअन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। त्यसैगरी छात्रतर्फ सुनसरीको प्रभात सेकेन्डरी स्कुलले धनकुटाको बुधुक सेकेन्डरी स्कुललाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको छ।

प्रतियोगिताले कोशी प्रदेशमा ग्रासरुट फुटबल विकासलाई नयाँ गति दिने विश्वास आयोजकको छ।

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic