नेमकिपा सुनसरी–१ मा महेश श्रेष्ठको २४ बुँदे घोषणापत्र सार्वजनिक शिक्षा–स्वास्थ्य निःशुल्क योजना

  • फागुन ५, २०८२
  • ३,४९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ फागुन ः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश श्रेष्ठले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकाछन् ।

श्रेष्ठले मंगलवार एक कार्यक्रमकावीच सो घोषणा गरेका हुन निर्वाचान क्षेत्रको समग्र विकासका लागि स्पष्ट भिजन समेत वनाएकाछन् ।

‘मादल’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिनुभएका श्रेष्ठले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सुनसरी–१ लाई नमुना क्षेत्र बनाउने लक्ष्य व्यक्त गर्नुभएको हो।

उम्मेदवार श्रेष्ठले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा पूर्णतः निःशुल्क र व्यवहारिक बनाउने प्रतिबद्धता जनाउनुभएको छ। धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९घोपा० को सेवा विस्तार गरी गरिब तथा विपन्न नागरिकलाई निःशुल्क विशेषज्ञ उपचार उपलब्ध गराउने योजना उहाँको घोषणापत्रको मुख्य अंश रहेको छ। गाउँ–गाउँमा मोबाइल स्वास्थ्य शिविर सञ्चालन, आयुर्वेदिक उपचार केन्द्र स्थापना तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण गर्ने लक्ष्य पनि लिइएको छ।

‘जसको जोत, उसको पोत’ को अवधारणा अघि सार्दै श्रेष्ठले किसानलाई मल, बीउ, सिँचाइ र बजारको सुनिश्चितता गर्ने बताउनुभएको छ। कृषि उत्पादनको उचित मूल्य निर्धारण र किसानमैत्री नीति कार्यान्वयनमार्फत ग्रामीण अर्थतन्त्र मजबुत बनाउने उहाँको भनाइ छ।

बेरोजगार युवालाई सीपमूलक तालिम र सहुलियतपूर्ण ऋण उपलब्ध गराई स्वदेशमै रोजगारी सिर्जना गर्ने तथा वैदेशिक पलायन न्यूनीकरण गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ ।

सुनसरीका धार्मिक तथा ऐतिहासिक स्थलहरू— बराहक्षेत्र, पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा —लाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने तथा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने प्रतिबद्धता जनाइएको छ।

‘मेड इन धरान’ ब्रान्डमार्फत स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने र पर्यापर्यटन विकासमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य पनि राखिएको छ।

धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि कोशी नदीको पानी ल्याउने परियोजना अघि बढाउने, व्यवस्थित सडक सञ्जाल विस्तार गर्ने र सबै घरधुरीमा गुणस्तरीय विद्युत् पहुँच सुनिश्चित गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

वन तथा वन्यजन्तु संरक्षण, हरित क्षेत्र विस्तार र स्वच्छ वातावरण निर्माणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

न्यूनतम ज्याला निर्धारण, सामाजिक सुरक्षा सुदृढीकरण, वैदेशिक रोजगारीमा रहेका श्रमिकको अधिकार संरक्षण तथा महिला हिंसाविरुद्ध कडा कानुन कार्यान्वयन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने र उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।

“भ्रष्टाचार, महँगी र अन्यायविरुद्ध सशक्त आवाज उठाउँदै सुनसरी–१ को समग्र विकासका लागि प्रतिबद्ध छु,” उम्मेदवार महेश श्रेष्ठले मतदातासँग अपिल गर्नुभएको छ। नेमकिपाको ‘मादल’ चिन्हमा मतदान गरी विकासमुखी नेतृत्वलाई विजयी गराउन कार्यकर्ताहरूले घरदैलो अभियान तीव्र बनाएको जनाइएको छ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic