धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी श्रेष्ठलाई

  • फागुन १०, २०८२
  • २,०८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उपाधि पुरुषतर्फ नरेन्द्र सिंह रावत र महिलातर्फ सन्तोषी श्रेष्ठले हात पार्न सफल भएकाछन् ।
१० किलोमिटर दूरी रावतले ३१ मिनेट ५१ सेकेण्डमा पूरा गर्दै पहिलो स्थान सुरक्षित गरे भने श्रेष्ठले ३७ मिनेट ३७ सेकेण्डमा दौड पूरा गर्दै महिलातर्फ उपाधि हात पार्न सफल वनेकी थिइन । विजेता दुबैलाई जनही नगद ६० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।

पुरुषतर्फ जुलियस मर्युकी ३१ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए भने महिलातर्फ पुष्प सेर्मा ४१ मिनेट ४४ सेकेण्डसहित दोस्रो भइन्। उनीहरुलाई जनही ४० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो।

त्यसैगरी, पुरुषतर्फ अमिर लिम्बुले ३२ मिनेट ५० सेकेण्ड र महिलातर्फ प्रिया क्षेत्रीले ४२ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे। उनीहरुलाई जनही ३० हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्रदान गरिएको धरान रन का संस्थापक सन्तोष राईले जानकारी दिए।

आज बिहान ७स्३० बजे पुतली लाइन बाट सुरु भएको दौड देशी लाइन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, हातिसार क्याम्पस, रेडक्रस भवन, अमरहाट कभर्ड हल, जिरो प्वाइन्ट, जानकी चोक, धरान रंगशाला, गणेशमान चौक, कल्याण चौक, मंगलबारे, रत्न चौक, दुर्गा चोक हुँदै पुनः पुतली लाइन र भानुचौकमा पुगेर समापन भएको थियो।

प्रतियोगितामा ४ हजारभन्दा बढी धावक–धाविकाको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। खेलकुदमार्फत स्वास्थ्य र एकताको सन्देश फैलाउँदै धरान १०के रनले शहरमा उत्सवको माहोल सिर्जना गरेको छ।

प्रतियोगिताले धरानलाई छुट्टै पहिचान दिन सफल भएको वताउदै धरानका युवा युवति स्वास्थ्यमा सचेत रह्ेको आयोजक धरान रनका अध्यक्ष हेमन सुनुवारले वताए ।

सवैको सहयोगको कारण नै प्रतियोगिताले सफलता पाउदै आएको अध्यक्ष सुनुवारको भनाई रहेको छ ।
शिक्षाका लागि दौड भन्ने नाराका साथ धरानका दौड प्रतियोगिता संचालन हुदै आएको छ ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic