हिविस्कस वोडिङ स्कुलमा स्वास्थ्य सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न

  • चैत ४, २०८२
  • ३,८०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा स्वास्थ्य सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

नसर्ने रोगहरु,पोषण तथा स्वस्थ खानपान सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विराटनगरको सहयोगमा आयोजित उक्त कार्यक्रममा विभागका अधिकृत विक्रम लिम्बु तथा फुड टेक्नोलोजिस्ट गणेश उपाध्याय ले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूलाई नसर्ने रोग के हुन्, तिनका प्रमुख कारणहरू, जोखिम कारक तथा रोकथामका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

HIBISCUS NEWS PHOTO =2 कार्यक्रममा प्रस्तुत जानकारी अनुसार नसर्ने रोगहरू जस्तै मुटुरोग, क्यान्सर, मधुमेह तथा श्वासप्रश्वास सम्बन्धी रोगहरू विश्वव्यापी रूपमा मृत्युका प्रमुख कारणका रूपमा रहेका छन्। नेपालमा समेत कुल मृत्युको करिब ६६ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको तथ्य प्रस्तुत गरिएको थियो।

सहजीकर्ताहरूले अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, धुम्रपान तथा मदिरा सेवनजस्ता व्यवहारिक कारणहरूले यस्ता रोगको जोखिम बढाउने बताउनुभयो। साथै उच्च रक्तचाप, मोटोपना, रगतमा चिनी तथा बोसोको मात्रा बढ्नुजस्ता शारीरिक अवस्थाहरू पनि प्रमुख जोखिमका रूपमा उल्लेख गरियो।

विद्यार्थीहरूलाई सन्तुलित आहारको महत्वबारे जानकारी दिँदै थालमा आधा भाग तरकारी तथा फलफूल, एक चौथाइ भाग अन्न र बाँकी भाग प्रोटिनयुक्त खाद्य पदार्थ समावेश गर्न सुझाव दिइयो। त्यस्तै चिनी, नुन र अस्वस्थकर बोसोको सेवन घटाउन र फाइबरयुक्त खाना, मौसमी फलफूल तथा घरमै बनाइएका परिकारको सेवनमा जोड दिन आग्रह गरिएको थियो।कार्यक्रममा नियमित व्यायाम, पर्याप्त निद्रा, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैली अपनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो। नसर्ने रोगहरू जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित भएकाले समयमै सचेतना अपनाएमा यस्ता रोगबाट बच्न सकिने वक्ताहरूले बताउनुभयो।

विद्यालयका प्रवन्ध निर्देशक गंगाराम राईले विद्यार्थीहरुलाई स्वास्थ्यप्रति सकारात्मक व्यवहार विकास गर्न र परिवारमा समेत स्वास्थ्य सचेतना गराउनु सहयोग पु¥याउने उदेश्यले कार्यक्रमको बताउनु भयो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic