होली गार्डेन एकेडेमीले ५ जना विद्यार्थीलाई ३ वर्ष आमा बुवा स्मृति छात्रवृत्ति दिने

  • चैत २०, २०८२
  • २,९२३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० चैत्र ः होली गार्डेन एकेडेमी धरान–१ ले आफ्नो विद्यालयभन्दा बाहिरबाट आउने ५ जना विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

विद्यालयले शैक्षिक सत्र २०८३ का लागि कक्षा ८ मा भर्ना हुन चाहने उत्कृष्ट विद्यार्थीहरूका लागि आमा बुवा स्मृति छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

सामाजिक उत्तरदायित्व र जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष छात्रवृत्ति कार्यक्रमको घोषणा गरीएको एकेडेमीका प्रिन्सिपल राजेन्द्र गुरुङले वताए ।

आफ्नो विद्यालय भन्दा वाहिरबाट आएका विद्यार्थीहरु मध्येबाट उत्कृष्ट नतिजा ल्याउने ५ जना विद्यार्थीहरूले कक्षा ८ देखि १० कक्षासम्म ३ वर्षका लागि शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छन् ।

आर्थिक अवस्था कमजोर भएका तर पढाइमा अब्बल विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न यो छात्रवृत्ति कोशेढुङ्गा सावित हुने विद्यालयका प्रिन्सिपल राजेन्द्र गुरुङको दावी रहेको छ ।

प्रिन्सिपल गुरुङका अनुसार विद्यार्थीले कक्षा ७ को वार्षिक वा अन्तिम परीक्षामा कम्तीमा ८० प्रतिशत अंक वा ३ दशमलव ८ जिपिए हासिल गरेको हुनुपर्नेछ ।

हाल आफ्नो परीक्षाको नतिजा पर्खिरहेका विद्यार्थीहरूले विद्यालयको प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्, तर भर्ना प्रक्रियाको समयमा अनिवार्य रूपमा आधिकारिक ग्रेडसिट पेश गर्नुपर्नेछ ।

छनौट प्रक्रिया पहिलो चरण यही चैत्र २६ गते र दोश्रो चरण बैशाख २ गते हुने जानकारी गरिएको छ ।

विद्यालय सञ्चालकहरुको वुवा आमाको नाममा आमा बुबा स्मृति छात्रवृत्ति कार्यक्रम शुरु गर्न लागेको हो ।

धरानको शिक्षा क्षेत्रमा राम्रो पहल हो, जसले आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउँदै उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic