छाल खवर
धरान,२१चैत्रः धरानमा सम्पन्न “धरान प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिता–२०८२” मा धरान मेघा हिमालयन कलेजकी छात्रा सन्जिना राई प्रथम स्थान हासिल गरेकी छन्।
¥याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजनामा भएको सो प्रतियोगितामा अन्य १७ प्रतिष्पधीलाई पछी पार्दै उनी प्रथम वनेकी हुन ।
संस्थाको कार्याल हलमा भएको प्रतियोगितामा धरानका विभिन्न प्लस टु बाट फाइनल चरणमा पुगेका १८ जना विद्यार्थीहरू सहभागी भएका थिए।
प्रतियोगितामा सहिद स्मृति मा.वि.की झरना राई फस्ट रनरअप र पब्लिक हाईस्कुलकी गुन्जन लुइँटेल सेकेन्ड रनरअप बनेकी थिइन ।
त्यस्तै, डिपोट सेकेन्डरी स्कुलकी क्यासी राई सेकेन्ड रनर अपको स्थान हासिल गरेकी छन्।
यस वर्षको प्रतियोगिताको शीर्षक “जेन्जी आन्दोलनस् परिवर्तनको आशा कि क्षणिक आक्रोशरु” रहेको थियो, जसले सहभागी वक्ताहरूलाई गहिरो सोच र विश्लेषण प्रस्तुत गर्न प्रेरित गरेको देखिन्थ्यो। अधिकांश वक्ताहरूले जेन्जी आन्दोलनका सकारात्मक पक्षहरू स्वीकार्दै, बिना सुझबुझ भीडको पछि लाग्नु विवेकहीनता हुने तर्क राखेका थिए। उनीहरूले नयाँ पुस्ताले केवल दर्शक बनेर बस्नु भन्दा पनि प्रश्न गर्ने, विश्लेषण गर्ने र जिम्मेवार ढंगले आफ्ना आवाज उठाउने आवश्यकता औंल्याएका थिए।
प्रतियोगिताभरि शान्तिपूर्ण र अहिंसात्मक आन्दोलनको सन्देश पनि बलियो रूपमा प्रस्तुत भयो। वक्ताहरूले महात्मा गान्धीको उदाहरण दिँदै, हिंसाबाट होइन, शान्तिपूर्ण तरिकाबाट पनि दीर्घकालीन परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे। “राष्ट्रका संरचना जलाएर देश निर्माण गर्न सकिँदैन, न्यायका लागि शान्तिपूर्ण आवाज नै बलियो हुन्छ” भन्ने सन्देश कार्यक्रमभरि गुन्जिएको थियो।
प्रतियोगिताका विजेताहरूलाई कार्यक्रमका विशेष अतिथि महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तथा रोटरी क्लब अफ घोपा धरानका अध्यक्ष इश्वर ताम्राकार, अतिथीहरु रोटरी क्लब अफ घोपा धरानका निवर्तमान अध्यक्ष गौरवमान श्रेष्ठ, तथा च्याम्पियन सेकेन्डरी स्कुलकी प्रिन्सिपल नाजु सुबेदीद्वारा अबिर, खादा सहित प्रमाणपत्र प्रदान गरिएको थियो। नगद पुरस्कार भने आगामी चैत्र २४ गते प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिएका छन्।
प्रतियोगिताको मूल्याङ्कन अध्यापक जेपी काफ्ले तथा शिक्षिका एवं समाजसेवी सुस्मिता लिम्बूले गरेका थिए। कार्यक्रमको समापनमा प्रा।लि।का अध्यक्ष तिर्थ कार्कीले यस्ता प्रतियोगिताले युवा पुस्तामा विवेचना, तर्कशक्ति र जिम्मेवार अभिव्यक्ति विकास गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्ने विश्वास व्यक्त गरे। साथै, यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई समसामयिक विषयमा सचेत र सक्रिय नागरिक बन्न प्रेरित गर्ने अपेक्षा समेत गरिएको छ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic