धरान मन्टेश्वरी एकेडेमीको दिक्षान्त समारोह सम्पन्न

  • चैत २४, २०८२
  • ३४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ चैत्रः धरान मन्टेश्वरी एकेडेमी धरान–१ को वार्षिक कार्यक्रम तथा दिक्षान्त समारोह मंगलवार सम्पन्न भएको छ ।

मन्टेश्वरीले सोमवार र मंगलवार गरी दुइ दिन सैनिक भवन सभाहलमा वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न गरेको हो ।

कक्षा ५ उत्तीर्ण गरी कक्षा ६ मा प्रवेश गरेका २३ जना विद्यार्थीहरूलाई औपचारिक रूपमा दिक्षित गरिएको थियो ।

दिक्षित विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री प्रदिप कुमार सुनुवारले विद्यार्थीहरुलाई प्रमाण पत्र र दिक्षान्तको कालो टोली लगाएर हौसला प्रदान गर्नु भएको थियो ।

MONTASORY NEWS PHOTO = 2 मन्त्री सुनुवारले आजका बालबालिका भनेको भोलीका चम्मिला तारा भएको वताउदै उनीहरुलाई सही शिक्षा र नैतिक र अनुशासित वनाउनु पर्नेमा जोड दिनु भएको थियो । मन्त्री सुनुवारले एकेडेमीको उज्वल भविष्यको कामना समेत गर्नुभएको थियो ।

समारोहमा विद्यार्थीहरूले सन्देश मुलक नाटक,गायन,नृत्य, तथा विभिन्न प्रतिभा प्रस्तुत गर्दै अभिभावक तथा अतिथिहरूलाई मनोरन्जन दिलाएका थिए ।

कार्यक्रममा विभिन्न विधामा वौद्धिक तथा क्षमतावान विद्यार्थीहरुलाई पुरस्कृत गरीएको थियो ।

विद्यालयकी प्रिन्सिपल मैया राई ९अग्रवाल०ले दिक्षित विद्यार्थीको उज्वल भविष्यको कामना गर्दै स्कुलले दिएको शिक्षा, अनुशासन, नैतिक शिक्षालाई सधै आत्मसाथ गर्न विद्यार्थीलाई सुझाव दिनुभएको थियो ।

प्रिन्सिपल राईले मन्टेश्वरी स्कुलमा शान्त र पारिवारिक वातावरणमा बालमनोविज्ञानद्वारा बालबालिकालाई खेल्दै सिकाउँदै साथै बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेम गरेर सिकाइने भएकोले अभिभावकको रुचि वढदै गएको वताउनु भयो ।

MONTASORY NEWS PHOTO = 3 मन्टेश्वरीका निर्देशक दिपक अग्रवालले धरान मन्टेश्वरीको विशेषता नै गुणस्तरीय शिक्षा र नैतिक शिक्षा रहेको वताउनु भयो ।

उहाले आफ्नो एकेडेमीमा नानीहरु पढन पठाउने अभिभावकहरुले यहाँको शिक्षण विधिबाट पूर्ण रुपमा सन्तुष्टी प्राप्त गर्ने दावी समेत गर्नुभयो ।

MONTASORY NEWS PHOTO = 4 धरान मन्टेश्वरी एकेडेमी कोशी प्रदेशको पुरानो मन्टेश्वरीको रुपमा रहेको छ । यहाँ ३ सय भन्दा माथि विद्यार्थीहरु अध्ययनरत रहेकाछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic