सार्वजनिक यातायात चलाउने सरकारको तयारी लक डाउन प्रभाव

  • जेठ २६, २०७७
  • ३८६ पटक पढिएको
  • छाल खबर

काठमाडौं, जेठ २६
करिव तीन महिनाको लक डाउनपछि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी शुरु गरेको छ ।
भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालन शुरु गर्नको लागि तयारीमा सरकार जुटेको हो ।
यातायात मन्त्रालयका अनुसार सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने गरि नयाँ निर्देशिका तयार भएकाले सवारी सञ्चालकलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरि निर्देशिका लगभग तयार गरिएको छ ।

प्रस्तावित मापदण्डअनुसार सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्रै यात्रु चढाइनेछ । सिट क्षमताको आधाभन्दा बढी यात्रु चढाए कारवाही हुनेछ । यसबारे ट्राफिक प्रहरीले नियमित अनुगमन गर्ने छ ।

त्यसैगरी सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने छन् । यात्रुले आफैंले स्यानिटाइजर बोकेको हुनुपर्ने र मास्कको प्रयोग अनिवार्य गर्नुपर्नेछ ।
दैनिक रुपमा गाडीमा डिस(इन्फेक्सन स्प्रे छर्किनु पर्ने, यात्रुले गाडी कुर्दा तथा गाडीको प्रयोग गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने लगायतको प्रस्ताव गरिएको छ ।

धरानका मेयरलाई शिक्षकहरुको ज्ञापन पत्र

छाल खवर धरान,३ वैशाखः काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी धरानका शिक्षकहरूल ...

सिदार्थ शिशु सदन स्कुलमा ६ विद्यार्थीहरुलाई उत्कृ

छाल खवर धरान,३ वैशाखः सिदार्थ शिशु सदन,सिदार्थ मन्टेश्वरी धरान–१६ ले ...

शिक्षकलाई सम्मान गर्दै एक्वा बोर्डिङको बार्षिकोत्

छाल खवरधरान,३० चैत्रः एक्वा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल धरान–१७ ले ...

सुमेधामा प्रदेस मै पहिलो पटक व्रिटिस काउन्सिलको इ

छाल खवर धरान,३० चैत्रः सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.धरान–ले कोशि प् ...

एसईई स्पिकरको पहिलो चरणको अडिसनबाट ३७ जना छनोट

छाल खवर धरान,३० चैतः २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई.) दिएर बसेका ...

पर्वत सेकेन्डरी बोर्डिङको ३१ औ बार्षिकोत्सव तथा छा

छाल खवर धरान,३० चैत्रः पर्वत सेकेन्डरी बोर्डिङ स्कुल धरान–१९द्धारा प ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic