‘हस्ताक्षर गरेकै भरमा बैंकिङ कसूर लगाउनु ठिक भएन’

  • असार ५, २०७७
  • १५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान ५ असार ÷ नेपाल बैंकर्स संघले कर्जा लगानीमा हस्ताक्षर गरेकै भरमा बैकरलाई बेंकिङ कसूर लगाउनु उचित नभएको बताएको छ ।
आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमा आफ्नो लिखित सुझाव दिदै संघले यस्तो व्यवस्था हुनु गलत हुने धारणा राखेको हो ।
राम्रै नियतले काम गर्दा पछिल्ला दिनहरुमा बैंकरमाथि मुद्दा चलेको भन्दै संघले सुझावमै राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।
कर्जा लिनेले बद्मासी गर्ने तर कर्जाको फाइलमा हस्ताक्षर गरेकै भरमा विपक्षी बनाई मुद्दा चल्दा यसले समग्र बैंकिङ क्षेत्रलाई नै असर गरेको संघले उल्लेख गरेको छ ।
यो समस्या समयमै सम्बोधन नहुने हो भने हाल कार्यरत राम्रा व्यक्तिहरु बैंकिङ्ग क्षेत्रबाट पलायन हुने तथा नयाँ राम्रा व्यक्तिहरु बैंकिङ्ग क्षेत्रमा आकर्षित नहुने जोखिम बढेको संघले बताएको छ ।
संघले दिएको सुझावमा भनिएको छ, ‘विगत केही समय देखि बैंकिङ्ग कसूर तथा सजाय सम्बन्धी ऐन अन्तर्गत कसूरकोअनुसन्धान तहकिकातको क्रममा मुलतः कर्जा प्रवाहसंग सम्बन्धित कुनै कागजातमा हस्ताक्षर गरकै आधारमा गुण, दोष नकेलाई सम्पूर्ण कर्मचारीहरुलाई विपक्षी बनाउने चलनले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुमा असल नियतले काम गर्दा गर्दै पनि अनाहकमा थुनिनुपर्ने तथा लामो कानूनी प्रक्रियामा संलग्न हनुपर्ने त्रास सिर्जना भई दैनिक कार्य संचालन गर्दा लिनु पर्ने निर्णय तथा जोखिम बहन गर्ने क्षमतामा हा्रस आएको समेत उल्लेख गरेको छ । सर्वसाधारणको बैंकर प्रति संशय पैदा भई सम्पूर्ण बैंकिङ्ग क्षेत्रमा पर्न सक्ने नकारात्मक असरलाई सम्बोधन गरी बैंकिङ क्षेत्रमा विश्वास बढाउनका लागि सम्बन्धित निकायहरुमा आवश्यक पहल गरिदिनु हुन अनुरोध गर्दछौं विज्ञप्तिमा भनिएको छ ।
अनलाईन खवरबाट

धरानका मेयरलाई शिक्षकहरुको ज्ञापन पत्र

छाल खवर धरान,३ वैशाखः काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी धरानका शिक्षकहरूल ...

सिदार्थ शिशु सदन स्कुलमा ६ विद्यार्थीहरुलाई उत्कृ

छाल खवर धरान,३ वैशाखः सिदार्थ शिशु सदन,सिदार्थ मन्टेश्वरी धरान–१६ ले ...

शिक्षकलाई सम्मान गर्दै एक्वा बोर्डिङको बार्षिकोत्

छाल खवरधरान,३० चैत्रः एक्वा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल धरान–१७ ले ...

सुमेधामा प्रदेस मै पहिलो पटक व्रिटिस काउन्सिलको इ

छाल खवर धरान,३० चैत्रः सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.धरान–ले कोशि प् ...

एसईई स्पिकरको पहिलो चरणको अडिसनबाट ३७ जना छनोट

छाल खवर धरान,३० चैतः २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई.) दिएर बसेका ...

पर्वत सेकेन्डरी बोर्डिङको ३१ औ बार्षिकोत्सव तथा छा

छाल खवर धरान,३० चैत्रः पर्वत सेकेन्डरी बोर्डिङ स्कुल धरान–१९द्धारा प ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic