तीन आमसमस्या, तीन सहज योग

  • असार ६, २०७७
  • ३८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ असार
हामीलाई केही न केही सानोतिनो समस्याले सताइरहेको हुन्छ । जस्तो कहिले कम्मर दुख्ने, कहिले रुघा लाग्ने, कहिले नाक बन्द भएर सास फेर्न गाह्रो हुने । यस्तो अवस्थामा औषधि खोज्ने कि त्यसको अरू विकल्प
यी सामान्य समस्याहरूको हल योगासनबाट सहजै गर्न सकिन्छ। कतिपय योगासन यस्ता हुन्छन्, जो प्रभावकारी त हुन्छन् नै उत्तिकै सहज पनि हुने गर्छ ।
कम्मर दुख्ने
कारण– माशंपेशी खुम्चिनु, उठ्ने र बस्ने गलत तरिका, सुत्केरी अवस्थामा धेरै शारीरिक श्रम गर्नु।
हलासन
(जमिनमा कम्मरको बलमा सुत्ने, दुवै हातलाई जमिनमा राख्ने ।
(दुवै खुट्टाको पञ्जा मिलाएर राख्ने ।
(दुवै खुट्टालाई बिस्तारै माथि उठाउने र ९० डिग्रीको कोण बनाउँदै टाउकोबाट पछाडितिर लाने ।
– हातलाई पछाडितर्फ जमिनमा तन्काएर राख्ने ।
(१र२ मिनेटसम्म यस स्थितिमा रहेर सास लिने एवं छाड्ने ।
– बिस्तारै पहिलेकै अवस्थामा आउने ।
टिप्स
– हर्बल आयललाई मनतातो बनाएर कम्मरमा मसाज गर्ने ।
– तोरी वा नरिवलको तेलमा ८ वटा जति लसुन हालेर पकाउने, चिसो भएपछि कम्मरमा मसाज गर्ने।
रुघा ज्वरो
कारण– मौसमी परिवर्तन, गलत खानपान र जीवनशैली, भाइरस आदि।
सर्वागासन
(कम्मरको बलमा सुत्ने र दुवै हात जमिनमा राख्ने ।
(सास लिँदै बिस्तारै खुट्टालाई माथि उठाउने । यसरी खुट्टामाथि उठाएको बेला हातले कम्मरलाई सपोर्ट दिने ।
– खुट्टालाई ९० वा १२० डिग्रीमा लगेर हातलाई कम्मरको पछाडि लाने ।
– खुट्टलाई मिलाएर सिधा राख्ने, फेरि पूर्वावस्थामा आउने ।
(आँखालाई बन्द गरेर दुवै आँखीभौंको बीचमा दुईरतीन मिनेटसम्म ध्यान केन्द्रित गर्ने ।
टिप्स
(२ चिया चम्चा पानको पत्ताको रसमा एक चिया चम्चा मह मिसाएर दिनमा दुई पटक सेवन गर्ने ।
(४ कप पानीमा एक ठूलो चम्चा बेसार र केही तुलसीको पात मिसाएर १० मिनेटसम्म उमाल्ने । त्यसलाई छानेर एक चिया चम्चा मह र स्वादअनुसार कागतीको रस मिसाएर पिउने ।
माइग्रेन
कारण– अनिन्द्रा, तनाव, शरीरमा पोषक तत्वको कमी, अल्कोहलको अधिक सेवन, एलर्जिक रिएक्सन
अनुलोम बिलोम प्राणायाम
– सुखासनमा बस्ने । कम्मरलाई एकदमै सिधा राख्ने ।
– बुढी औंलाले देब्रे नाक बन्द गर्ने, दाँया नाकले सास लिने । अब साहिली औंलाले अर्को नाक बन्द गर्ने ।
(बुढी औंला बिस्तारै हटाएर सास छाड्ने ।
– देब्रे नाकले सास लिएर केही क्षण रोक्ने ।
– दायाँ नाकले सास निकाल्ने, केही क्षण रोक्ने र सोही नाकबाट सास लिने ।
(सासलाई बिस्तारै विनाआवाज भित्र लाने र छाड्ने प्रक्रिया दोहोर्‍याउने ।
टिप्स
(आधा गिलास गाजरको जुसमा आधा गिलास पालकको जुस मिसाएर पिउने ।
– कागतीको बोक्रालाई पिसेर पाउडर बनाउने, थोरै पानीमा मिलाएर तालुमा राख्ने ।
अनलाईन खवरबाट

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic