एडिवीले धराने जनतालाई ठगेको संघर्ष समिति संयोजक गोलेको आरोप क्षमताभन्दा बढी उत्पादन भएको आयोजना प्रमुखको दावी

  • असार १३, २०७७
  • २,१२६ पटक पढिएको
  • छाल खबर
alt

भोला श्रेष्ठ
धरान,१३ असार ः एशियाली विकास बैंकको क्रृण तथा अनुदानमा ल्याइएको धरान खानेपानी आयोजनाले धराने उपभोक्तालाई ठगेको आयोजना अनुगमन समितिका संयोजक एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले आरोप लगाएकाछन् ।
अढाई अर्बको लागतमा निर्माण गरीएको आयोजनाको डि.पि.आर. बमोजिम ७ मिटरको पानीको चापमा न्युनतम् १६ घण्टादेखि २४ सै घण्टा विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) मापदण्डको शुद्ध खानेपानी उपलब्ध गराउने सम्झौता वमोजिम खानेपानी नदिएर ठगी गरेको उनले आरोप लगाएका हुन ।
उनले अनुगमनका क्रममा दिन विराएर आधा घण्टामात्र पानी आउने गरेको, पानीको चाप अत्यन्त कम भएकाले पानी तान्न मोटर जडान गर्नु परेको र पानी पनि लेदो मिसिएको आउने गरेको जनगुनासो अनुगमनका क्रममा पाइएकाले एडिवीले धरानलाई ठग्नु ठगेको उनले जिकिर गरेकाछन् ।
अनुगमनका क्रममा घरलौरी वाटो मै मोटर जडान गरी पानी तानेको पाइएको उनको भनाई रहेकोछ । बर्षादको समया पनि मोटर लगाएर पानी तान्न उपभोक्ताहरु बाध्य भएका छन् ।
धरानवासी उपभोक्ताहरुले टंकीमा पानी नचढेपछि वाध्य भएर मोटर जडान गर्ने गरेका अनुगमनका क्रममा भेटिएको समितिको भनाई रहेको छ ।
लेदो मिसिएको फोहोर पानीका कारण स्वास्थ्यमा समेत असर परेको गुनासो उपभोक्ताहरुले गर्दै आएकाछन् । उनीहरुले पर्याप्त शुद्ध पानी खानपाउनु पर्ने माग उपभोक्ताहरुको रहेको छ ।
आयोजनाको ९ महिने परीक्षणकाल करिव ३ महिना बांकी हुंदा समेत आयोजनाले डि.पि.आर. र सम्झौता बमोजिम पानी वितरण गर्न सकेको छैन । भने अर्कातिर हज्जारौं धारा जडान गर्न बांकी नै रहेको छ । डि.पि.आर. मा १ करोड ३ लाख लिटर र सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिसंग भएको ११ बुंदे सम्झौतामा १ करोड ५२ लाख २० हजार लिटर पानी प्रतिदिन उत्पादन गर्ने उल्लेख छ ।
तर हाल औसत दैनिक ६२ लाख लिटर मात्र उत्पादन भईरहेको संयोजक गोलेको दावी रहेको छ ।
अरबौं महंगो लगानीमा निर्माण गरिएको आयोजनाले सम्झौता एवम् लक्ष्य बमोजिम पानी उत्पादन र वितरण गर्न नसकेकाले यो आयोजनाको फिनान्सीयल अडिट र टेक्निकल अडिट गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने समितिको माग रहेको छ । यति महंगो ऋणको भार धराने जनतालाई बोकाउने आयोजना असफल बनाउने एडिवी, परामर्शदाता, आयोजना प्रमुख र ठेकेदार कसैलाई पनि छोड्न नहुने उनले चेतावनि दिएकाछन् ।
यस सम्वन्धमा धरान उपमहानगरले विज्ञ मार्पत आयोजनाको अध्ययन र छानवीन गर्ने बताएको महिना दिन वितिसक्दा पनि विज्ञ टोली गठन नहुनुले खानेपानी जस्तो संवेदनशील विषयमा उपमहानगर गम्भिर नदेखिएको आरोप समेत लगाएकाछन् । आयोजना सफल भएको प्रमाणीकरण नहुदासम्म खानेपानी संस्थानलाई बोर्डमा एकिकरण गर्न नहुने उनले जिकिर गरेकाछन् ।आयोजना सफल भएको प्रमाणित नहुंदासम्म खानेपानी संस्थानलाई चलाउन नहुने संघर्ष समितिको माग रहेको छ ।
असफल आयोजनाका कारण बोर्डले पानी खुवाउन नसक्ने अवस्था देखिएकाले खानेपानी व्यवस्थापन र आपूर्तिको सुनिश्चिता नभएसम्म संस्थानलाई यथावत राख्नु उचित हुने उनको सुझाव रहेको छ ।
यता धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक तथा आयोजना प्रमुख राजु पोख्रेलले डिजाइनअनुसार उत्पादन र प्रवाह रहेको दावी गर्दै जसको लागि जतिखेर जसले परिक्षण गरेपनि हुने दावी समेत गरेकाछन् ।
बजारमा हल्ला चलाए जस्तो आयोजनामा गडवढी नभएको जिकिर समेत गरेकाछन् ।सम्झौता अनुसार नै उत्पादन र प्रवाह भएको दावी समेत गर्दै आएकाछन् ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic