एडिवीले धराने जनतालाई ठगेको संघर्ष समिति संयोजक गोलेको आरोप क्षमताभन्दा बढी उत्पादन भएको आयोजना प्रमुखको दावी

  • असार १३, २०७७
  • २,०६२ पटक पढिएको
  • छाल खबर
alt

भोला श्रेष्ठ
धरान,१३ असार ः एशियाली विकास बैंकको क्रृण तथा अनुदानमा ल्याइएको धरान खानेपानी आयोजनाले धराने उपभोक्तालाई ठगेको आयोजना अनुगमन समितिका संयोजक एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले आरोप लगाएकाछन् ।
अढाई अर्बको लागतमा निर्माण गरीएको आयोजनाको डि.पि.आर. बमोजिम ७ मिटरको पानीको चापमा न्युनतम् १६ घण्टादेखि २४ सै घण्टा विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) मापदण्डको शुद्ध खानेपानी उपलब्ध गराउने सम्झौता वमोजिम खानेपानी नदिएर ठगी गरेको उनले आरोप लगाएका हुन ।
उनले अनुगमनका क्रममा दिन विराएर आधा घण्टामात्र पानी आउने गरेको, पानीको चाप अत्यन्त कम भएकाले पानी तान्न मोटर जडान गर्नु परेको र पानी पनि लेदो मिसिएको आउने गरेको जनगुनासो अनुगमनका क्रममा पाइएकाले एडिवीले धरानलाई ठग्नु ठगेको उनले जिकिर गरेकाछन् ।
अनुगमनका क्रममा घरलौरी वाटो मै मोटर जडान गरी पानी तानेको पाइएको उनको भनाई रहेकोछ । बर्षादको समया पनि मोटर लगाएर पानी तान्न उपभोक्ताहरु बाध्य भएका छन् ।
धरानवासी उपभोक्ताहरुले टंकीमा पानी नचढेपछि वाध्य भएर मोटर जडान गर्ने गरेका अनुगमनका क्रममा भेटिएको समितिको भनाई रहेको छ ।
लेदो मिसिएको फोहोर पानीका कारण स्वास्थ्यमा समेत असर परेको गुनासो उपभोक्ताहरुले गर्दै आएकाछन् । उनीहरुले पर्याप्त शुद्ध पानी खानपाउनु पर्ने माग उपभोक्ताहरुको रहेको छ ।
आयोजनाको ९ महिने परीक्षणकाल करिव ३ महिना बांकी हुंदा समेत आयोजनाले डि.पि.आर. र सम्झौता बमोजिम पानी वितरण गर्न सकेको छैन । भने अर्कातिर हज्जारौं धारा जडान गर्न बांकी नै रहेको छ । डि.पि.आर. मा १ करोड ३ लाख लिटर र सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिसंग भएको ११ बुंदे सम्झौतामा १ करोड ५२ लाख २० हजार लिटर पानी प्रतिदिन उत्पादन गर्ने उल्लेख छ ।
तर हाल औसत दैनिक ६२ लाख लिटर मात्र उत्पादन भईरहेको संयोजक गोलेको दावी रहेको छ ।
अरबौं महंगो लगानीमा निर्माण गरिएको आयोजनाले सम्झौता एवम् लक्ष्य बमोजिम पानी उत्पादन र वितरण गर्न नसकेकाले यो आयोजनाको फिनान्सीयल अडिट र टेक्निकल अडिट गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने समितिको माग रहेको छ । यति महंगो ऋणको भार धराने जनतालाई बोकाउने आयोजना असफल बनाउने एडिवी, परामर्शदाता, आयोजना प्रमुख र ठेकेदार कसैलाई पनि छोड्न नहुने उनले चेतावनि दिएकाछन् ।
यस सम्वन्धमा धरान उपमहानगरले विज्ञ मार्पत आयोजनाको अध्ययन र छानवीन गर्ने बताएको महिना दिन वितिसक्दा पनि विज्ञ टोली गठन नहुनुले खानेपानी जस्तो संवेदनशील विषयमा उपमहानगर गम्भिर नदेखिएको आरोप समेत लगाएकाछन् । आयोजना सफल भएको प्रमाणीकरण नहुदासम्म खानेपानी संस्थानलाई बोर्डमा एकिकरण गर्न नहुने उनले जिकिर गरेकाछन् ।आयोजना सफल भएको प्रमाणित नहुंदासम्म खानेपानी संस्थानलाई चलाउन नहुने संघर्ष समितिको माग रहेको छ ।
असफल आयोजनाका कारण बोर्डले पानी खुवाउन नसक्ने अवस्था देखिएकाले खानेपानी व्यवस्थापन र आपूर्तिको सुनिश्चिता नभएसम्म संस्थानलाई यथावत राख्नु उचित हुने उनको सुझाव रहेको छ ।
यता धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक तथा आयोजना प्रमुख राजु पोख्रेलले डिजाइनअनुसार उत्पादन र प्रवाह रहेको दावी गर्दै जसको लागि जतिखेर जसले परिक्षण गरेपनि हुने दावी समेत गरेकाछन् ।
बजारमा हल्ला चलाए जस्तो आयोजनामा गडवढी नभएको जिकिर समेत गरेकाछन् ।सम्झौता अनुसार नै उत्पादन र प्रवाह भएको दावी समेत गर्दै आएकाछन् ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic