बीपीमा मेडिकल अफिसरहरू आन्दोलित

  • असार १८, २०७७
  • ५१३ पटक पढिएको
  • छाल खबर


छाल खवर
धरान,१८ असारः तलव वृद्धि भएको एकसाता पनि वित्न नपाउदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत मेडिकल अफिसरहरू फेरी आन्दोलित भएका छन् ।
प्रतिष्ठानको डेन्टल,कार्डियो,ग्यास्ट्रो, पल्मो, पेडियाट्रीक र इमेरजेन्सीमा काम गर्ने मेडिकल अफिसरहरू धर्नामा बसेका हुन् ।
मेडिकल अफिसरहरूले गएको आर्थिक वर्ष २०७६,०७७ मा सरकारको बजेट भाषण अनुसार सरकारी स्केलमा तलब पाउनुपर्ने माग गर्दे अहिले उनीहरूले उपकुलपतिको कार्यालय अगाडी धर्ना बसेका छन् ।
उनीहरुको सरकारी तलब स्केल ४५ हजार तोकिएको छ । तर प्रतिष्ठानले हाल कर कट्टा गरेर २९ हजार ४ सय रुपैयाँ मात्रै दिइँदै आएको छ ।
मेडिकल अफिसरहरू आन्दोलित भएर उपकुलपतिको कार्यालय अगाडी धर्नामा बसेपछि इमरजेन्सी, ग्यास्ट्रो, कार्डियो, पल्मो, पेडियाट्रीक, डेन्टल विभागमा मेडिकल अफिसरहरूको सेवा ठप्प रहेको थियो । एमडी पढ्ने जुनियर रेसिडेन्टहरुले मात्रै सेवा दिएका थिए । १० जना हुनुपर्नेमा २ जनाले मात्रै सेवा दिएका थिए ।
प्रतिष्ठान बाहेकका बीर,पाटन, टिचिङ अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुले नेपाल सरकारले तोके अनुसार तलब दिइरहेकाछन् । माग पुरा नभएसम्म आफूहरूको आन्दोलन फिर्ता नहुने एक मेडिकल अफिसरले बताए । मागको सुनुवाई नभएसम्म काममा नफर्कने दावी समेत गरेकाछन् ।
केही दिन मात्रै २० प्रतिशत तलव वृद्धि गर्ने भन्दै प्रतिष्ठानले विज्ञप्ति निकालेको थियो ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic