मिडिया कानुन सम्बन्धी जानकारी

  • असार २७, २०७७
  • ६४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असार,२७ असार ःरूपान्तरण नेपालको आयोजनामा र निर्वाचन क्षेत्र बिशेष कार्यक्रमको बिशेष सहयोगमा शुक्रवार धरानमा एक कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा धरानका सञ्चारकर्मीहरुलाई मिडिया सम्बन्धी कानुनको जानकारी र संचार सामाग्रीहरु वितरण गरिएको थियो
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले कोरोनाबाट आफु वच्न र अरुलाई पनि बचाउन सवैले सर्तकर्ता अपनाउनु पर्नेमा जोड दिदै यसका लागि भौतिक दूरी आवश्यक रहेको वताउनु भयो । कोरोना महामारी न्युनिकरणका लागि पत्रकारहरुले खेलेको महत्वपूर्ण रहेको भन्दै यस कार्यको निरन्तरताको लागि सहयोग गरेको बताउनुभयो ।
संचारकर्मीहरुको हितका लागि काम गर्न आफू सधै तयार रहेको समेत उहाले वताउनुभयो ।
कार्यक्रममा धरानका करिव २५ जना संचारकर्मिहरुलाई प्रेस ज्याकेट , माक्स , डटेपन तथा डायरी वितरण गरिएको थियो । कार्यक्रममा मिडिया कानुन सम्बन्धी सहजिकरण कानुनविद तथा ब्लास्ट टाइम्स दैनिकका सम्पादक किशोर कुमार कार्किले गर्नु भएको थियो । आयोजक संस्थाकी अध्यक्ष सविता राईले नयाँ संचारकर्मीहरुलाई मिडिया कानुनको जानकारी लिन अपरिहार्य भएकोले र पुराना पत्रकारलाई पुर्नताजकी गराउनको लागि कार्यक्रमको आयोजना गरएिको वताउनुभयो ।
कार्यक्रममा नेकपा धरान नगरकमिटीका संगठन प्रमुख राजमणि निरौला लगायतको समेत सहभागिता रहेको थियो ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic