नट एनिमोर सेमिनार आयोजना गरीने

  • असार २८, २०७७
  • ९०१ पटक पढिएको
  • छाल खबर
alt


रोटर्याक्ट क्लव अफ धरान घोपा र पोलिटीकल लिट्रेसी फर ओमन नेपालको संयुक्त आयोजनामा धरानमा नट एनिमोर सेमिनार आयोजना हुने भएको छ ।
सुचना प्रविधिको गुगल मिट मार्फत   जुलाई १८ अर्थात साउन ३ गते आयोजना गरीने भएको छ ।हुने सो कार्यक्रममा पूर्वको सवैस्थानबाट सहभागी हुन सकिने अयोजक क्लव रोटर्याक्टाका जनसम्पर्क अधिकारी रुचि आचार्यले जानकारी दिएकीछिन् ।
विश्वभरी माहामारीको रुपमा फैलिएको कोरानो भाइरस (कोविड १९)को संक्रमणको सयममा सामाजिक सञ्चालको उपयोग अन्य समयमा भन्दा अत्याधिक मात्रामा रहेको र सो समयमा अनलाईन यौन दुव्यवहार र समाजमा यौनजन्य दुव्यवहारका घटना हुने क्रममा बृद्धि भएकोले सचेतनाका लागि सो कार्यक्रमको आयोजना गर्न लागिएको निवर्तमान अध्यक्ष रो.दिपेन्द्र यादवले जानकारी दिएकाछन् ।
समाजमा यस्ता घटनहरु दिन प्रतिदिन वृद्धि हुदै गएकोले यसको न्युनिकरणका लागि े कार्यक्रम तय गरीएको कार्यक्रम संयोजक सिन्जिन घिमिरेले जानकारी दिएकाछन् ।
यो कार्यक्रमले त्यस्ता घटनालाई निरुत्साहित वनाउन मद्धत पुग्ने समेत उनको विश्वास रहेको छ ।
कार्यक्रमलाई प्रभावकारी रुपमा सफल वनाउनका लागि पूर्वका ११ वटा क्लवहरु ले सहयोगी संस्थाको रुपमा भूमिका निर्वाह गरेकाछन् ।
जसमा रोटर्याक्ट क्लव अफ धरान,रोटर्याक्ट क्लव अफ इटहरी,रोटर्याक्ट क्लव अफ विराटनगर,रोटर्याक्ट क्लव अफ विराटनगर डाउनटाउन,रोटर्याक्ट क्लव अफ विराटनगर फ्युजन,रोटर्याक्ट क्लव अफ दमक,रोटर्याक्ट क्लव अफ विर्तामोड,रोटर्याक्ट क्लव अफ विर्तामोड मिडटाउन,रोटर्याक्ट क्लव अफ काकडभिट्टा रहेकाछन् ।
यस कार्यक्रममा इच्छुक जो सुकैले पनि सहभागीता जनाउन सकिने र त्यसका लागि दिइएको लिंकमा रजिष्ट्रार गर्न सकिने व्यवस्था रहेकोछ ।
लिंकका लागि रोटर्याक्ट क्लव अफ धरान घोपाको फेसवुक पेजमा गएर लिंक लिन र शेयर गर्न सकिने व्यवस्था मिलाइएको समेत जानकारी दिइएको छ ।

 

 

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic