सभामुखद्वारा धरान १३ स्वस्तिका मार्गको उद्घाटन

  • साउन ८, २०७७
  • ९०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ साउन ःस्थानीय तह ,प्रदेश र संघ मिलेर नै समग्र धरान र यसको बिकासको लागि जनतासङ्ग हातेमालो गर्दै अघि बढ्नुपर्ने १ न.का प्रदेशका सभामुख प्रदिप कुमार भण्डारीले वताउनु भएको छ । धरान १३ स्थित स्वस्तिका मार्ग कालोपत्रे सडकको विहिवार उद्घाटन गर्दै सो कुरा वताउनु भएको हो ।

आर्थिक बर्ष २०७६र ७७को वडागत बजेटबाट ६० प्रतिशत ३० लाख र जनसभागिताको ४० प्रतिशत अर्थात १९ लाख ६६ हजार ९३३ लगानीबाट निर्मित सडकको बिहिबार सभामुख भण्डारीबाट उद्घाटन गर्नुभएको थियो । सभामुख भण्डारीले सडक बनाए पछि त्यसको सरक्षण पनि उपभोक्ताहरु आफैले गर्नुपर्ने बताउनु भयो । उहाले सडक वनाउनु भन्दा त्यसको संरक्षण महत्वपूर्ण रहेको कुरामा जोडदिनु भयो ।

सोही वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले आर्थिक वर्ष २०७६र७७ मा वडाको सबैभन्दा ठूलो योजना सोही सडक निर्माण भएको बताउनुभयो । आफुहरुले पनि वडाको गौरवको योजनाकोरुपमा लिएको उल्लेख गर्र्दै यो बर्षमा सँगै रहेको उदय मार्ग र गौरामार्ग, पुरानो जनता पुस्तकालय समेत निर्माणका लागि लागिपरेको जानकारी दिनुभयो ।

धरान उपमहानगरका वरिष्ठ ईन्जिनियर सुरज श्रेष्ठले अस्फल्ट प्रबिधिबाट प्राबिधिककै रोहवरमा उपभोक्ता समितिले धरानमा निर्माण गरेको यो पहिलो योजना भएको बताए । उनले पनि सडकको सुरक्षा समेत उपभोक्ता नै सजक भएर गर्नुपर्नेमा जोडदिए ।

कार्यक्रममा बाटो निर्माण कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएका नरेश मगरलाई मायाको चिनोद्धारा सम्मान गरिएको थियो । स्वतिका मार्ग ढल तथा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योजना अधिकृत किरण भुजेल, पब्लिक माविका प्रअ पुरुषोत्तम निरौला, वडा महिला सदस्य कमला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सभामुख भण्डारीको आफ्नो स्थानीय वडाको रुपमा सो वडा रहेको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic