महासंघको निर्वाचन रोकिएकोमा चन्द्र ढकाल प्यानलको असन्तुष्टि

  • साउन १०, २०७७
  • ४६६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
साउन,१० काठमाडौँ ःनेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा एवं निर्वाचन स्थगित भएकामा एउटा समूहले असन्तुष्टि जनाएको छ ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकाललगायतको समूहले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी साधारणसभा स्थगित भएकामा असन्तुष्टि जनाएको हो ।

कार्यसमितिको बैठकले अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै सो समूहले असन्तुष्टि जनाएको हो ।

महासङ्घको पूर्वअध्यक्षसहितको बिहीबारको बैठकले सरकारले सभा सम्मेलन गर्न पाउने गरी निर्णय गरेको १५ दिनपछि साधारणसभा गर्ने निर्णय गरेको थियो ।

महासङ्घका उपाध्यक्षसमेत रहेका ढकालले साधारणसभा गर्नसक्ने अवस्था नभए कार्यसमितिको बैठक बोलाइ निर्णय गर्ने समय हुँदाहुँदै कार्यसमितिको अधिकारलाई कुल्चिने काम भएकामा गुनासो गरे ।उनले महासङ्घमा गलत प्रवृत्ति विकास भएको भन्दै साधारणसभा स्थगित गरेर अर्को मिति तय नगरिँदा कानूनी मात्र नभई नैतिक र सामाजिक जगसमेत कमजोर भएको बताए ।

उनले साढे पाँच दशक पुरानो संस्था इतिहासमै कमजोर भएको टिप्पणी गर्दै जटिल परिस्थितिमा महासङ्घलाई सबल, सक्षम नेतृत्व जरुरी रहेको बताए ।कोरोनाको महामारीका अवस्थामा महासङ्घका आन्तरिक र संस्थागत गतिविधि सञ्चालन गर्दा सरकारसँग सहमति लिनु आवश्यक भएकाले साधारणसभाका लागि सरकारलाई निवेदन दिएको तर जवाफ नआउँदै अनिश्चित कालका लागि धकेल्ने निर्णय हुनु दुःखद् भएको उनको भनाइ छ ।

कोरोनाका कारण गत चैतमा साधारणसभा हुन नसकेपछि महासङ्घले यही साउन २६ र २७ गते आयोजना गर्ने यसअघि निर्णय गरेको थियो ।

पत्रकार सम्मेलनमा पूर्ववरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार, वस्तुगत सङ्घकोतर्फबाट उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ, एशोसिएट तर्फका उपाध्यक्ष रामचन्द्र सङ्घई र जिल्ला वाणिज्यतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीलगायत उपस्थित थिए ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यालयको स्वतःअध्यक्ष हुने व्यवस्था छ । सोही कारण वरिष्ठ उपाध्यक्षलगायत उपाध्यक्ष र अन्य सदस्यको निर्वाचन हुन लागेको हो । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र ढकालको छुट्टाछुट्टै प्यानल यसअघि नै घोषणा भइसकेको छ ।

 

धरानका मेयरलाई शिक्षकहरुको ज्ञापन पत्र

छाल खवर धरान,३ वैशाखः काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी धरानका शिक्षकहरूल ...

सिदार्थ शिशु सदन स्कुलमा ६ विद्यार्थीहरुलाई उत्कृ

छाल खवर धरान,३ वैशाखः सिदार्थ शिशु सदन,सिदार्थ मन्टेश्वरी धरान–१६ ले ...

शिक्षकलाई सम्मान गर्दै एक्वा बोर्डिङको बार्षिकोत्

छाल खवरधरान,३० चैत्रः एक्वा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल धरान–१७ ले ...

सुमेधामा प्रदेस मै पहिलो पटक व्रिटिस काउन्सिलको इ

छाल खवर धरान,३० चैत्रः सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.धरान–ले कोशि प् ...

एसईई स्पिकरको पहिलो चरणको अडिसनबाट ३७ जना छनोट

छाल खवर धरान,३० चैतः २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई.) दिएर बसेका ...

पर्वत सेकेन्डरी बोर्डिङको ३१ औ बार्षिकोत्सव तथा छा

छाल खवर धरान,३० चैत्रः पर्वत सेकेन्डरी बोर्डिङ स्कुल धरान–१९द्धारा प ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic