सर्दु खोलाको पुल सञ्चालनमा विष्णुपादुकावासीमा खुशीयाली छायो

  • साउन १०, २०७७
  • ३,४५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
साउन,१० धरान ःसाविक विष्णुपादुकावासीको वषौदेखिको सपना शनिवारबाट पुरा भएकोमा हर्षले गदगद मात्रै छैनन् सपना नै साकार भएकोमा गौरावान्दित वनेकाछन् ।

वर्षेनी वर्षायाममा सर्दुको वाढीबाट वषौसम्म पीडित वनेका विष्णुपादुकावासीको शनिवारबाट खोलामाथिको पुलबाट हिडने सपना पुरा भएको छ ।

साविक विष्णुपादुका र हाल धरान उपमहानगरपालिका वडा न. २० र वडा नं ११ को सिमाना पर्ने सर्दु खोलामा निर्माण भएको पक्की पुल सञ्चालनमा आएपछि उनीहरुको वषौंदेखिको पुलको सपना पुरा भएको हो ।

विष्णुपादुकाबासीहरुले बर्षादको बेला धेरै दुःख भोगिरहेकोले जनताको आवस्यकताको लागि पुल सञ्चालनमा ल्याइएको वडा नं २० का अध्यक्ष मणीराम राईले जानकारी दिनुभयो । उहाले विष्णुपादुकाबासीहरुले वषौंदेखि भोग्दै आएको वाढीको पीडाबाट मुक्ति पाएको भन्दै खुशी समेत व्यक्त गर्नुभयो ।

उहाले सर्दुले धेरैको तरकारी, सामान, मोटरसाइकल समेत बगाउने गरेको र सामान वोक्ने गाडी पनि फसेर हैरान वनाउने गरेको अनुभाव समेत सुनाउनु भयो ।

पूर्व गाविस अध्यक्ष समेत रहनुभएका राईले गाविस हुँदादेखि त्याहा पुलको आवश्यकता महसुस भएको भएपनि अहिले पुरा भएको उल्लेख गर्नुभयो । कागजमा केहि वर्षअघि देखि जोडिएपनि भुगोलको हिसावले भने धरानसंग वल्ला जोडिन पाएको र यसबाट धरान २० लाई ठूलो राहत मिलेको दावी समेत गर्नुभयो ।

पुललाई औपचारीक रुपमा उद्घाटन गर्नको लागि समय लाग्ने भएकोले विष्णुपादुकावासीहरुको विशेष पहलमा पुललाई अनौपचारीक रुपमा उद्घाटन गरीएको स्थानीयवासी विजय लामाले वताउनुभयो ।

धरान–११ का अध्यक्ष बाबुलाल लामाले बर्षा लागेपछि २० नं.वडाका विद्यार्थीहरुहरुलाई खोलाले बगाउछ कि भन्ने चिन्ताबाट पनि मुक्ति पाएको बताउनुभयो ।

विष्णुपादुकाका युवा समाजसेवी सम्फर तामाङले पुल निर्माणले वर्षौदेखिको पुलबाट हिडन पाउने सपना पुरा भएको वताउनुभयो ।

विष्णुपादुका क्षेत्रका बासिन्दहरु शिक्षा, स्वास्थ्य र व्यापारीक हिसावले पनि धरान बजार धाउनुपर्ने बाध्यता छ । पुल बनेपछि धरान ११ मंगलबारे चोक हुदै विष्णुपादुकाको भञ्ज्याङ निस्कने र त्याहाबाट धनकुटाले आहाले महाभारा क्षेत्रमा आवाजत जावतमा समेत सहज भएको छ ।

पुल स्वीस सरकारको ८ करोड ३२ लाख लागत सहयोगमा निर्माण भएको हो ।
अव विष्णुपादुका आवात जावत गर्नको लागि सहज भएको छ । प्रसिद्ध धार्मिक स्थल विष्णुपादुका मन्दिर जान आउन समेत सहज भएको छ । यसबाट धार्मिक पर्यटनमा समेत टेवा पुग्ने अपेक्षा गरीएको छ ।

 

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic