सर्दु खोलाको पुल सञ्चालनमा विष्णुपादुकावासीमा खुशीयाली छायो

  • साउन १०, २०७७
  • ३,५२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
साउन,१० धरान ःसाविक विष्णुपादुकावासीको वषौदेखिको सपना शनिवारबाट पुरा भएकोमा हर्षले गदगद मात्रै छैनन् सपना नै साकार भएकोमा गौरावान्दित वनेकाछन् ।

वर्षेनी वर्षायाममा सर्दुको वाढीबाट वषौसम्म पीडित वनेका विष्णुपादुकावासीको शनिवारबाट खोलामाथिको पुलबाट हिडने सपना पुरा भएको छ ।

साविक विष्णुपादुका र हाल धरान उपमहानगरपालिका वडा न. २० र वडा नं ११ को सिमाना पर्ने सर्दु खोलामा निर्माण भएको पक्की पुल सञ्चालनमा आएपछि उनीहरुको वषौंदेखिको पुलको सपना पुरा भएको हो ।

विष्णुपादुकाबासीहरुले बर्षादको बेला धेरै दुःख भोगिरहेकोले जनताको आवस्यकताको लागि पुल सञ्चालनमा ल्याइएको वडा नं २० का अध्यक्ष मणीराम राईले जानकारी दिनुभयो । उहाले विष्णुपादुकाबासीहरुले वषौंदेखि भोग्दै आएको वाढीको पीडाबाट मुक्ति पाएको भन्दै खुशी समेत व्यक्त गर्नुभयो ।

उहाले सर्दुले धेरैको तरकारी, सामान, मोटरसाइकल समेत बगाउने गरेको र सामान वोक्ने गाडी पनि फसेर हैरान वनाउने गरेको अनुभाव समेत सुनाउनु भयो ।

पूर्व गाविस अध्यक्ष समेत रहनुभएका राईले गाविस हुँदादेखि त्याहा पुलको आवश्यकता महसुस भएको भएपनि अहिले पुरा भएको उल्लेख गर्नुभयो । कागजमा केहि वर्षअघि देखि जोडिएपनि भुगोलको हिसावले भने धरानसंग वल्ला जोडिन पाएको र यसबाट धरान २० लाई ठूलो राहत मिलेको दावी समेत गर्नुभयो ।

पुललाई औपचारीक रुपमा उद्घाटन गर्नको लागि समय लाग्ने भएकोले विष्णुपादुकावासीहरुको विशेष पहलमा पुललाई अनौपचारीक रुपमा उद्घाटन गरीएको स्थानीयवासी विजय लामाले वताउनुभयो ।

धरान–११ का अध्यक्ष बाबुलाल लामाले बर्षा लागेपछि २० नं.वडाका विद्यार्थीहरुहरुलाई खोलाले बगाउछ कि भन्ने चिन्ताबाट पनि मुक्ति पाएको बताउनुभयो ।

विष्णुपादुकाका युवा समाजसेवी सम्फर तामाङले पुल निर्माणले वर्षौदेखिको पुलबाट हिडन पाउने सपना पुरा भएको वताउनुभयो ।

विष्णुपादुका क्षेत्रका बासिन्दहरु शिक्षा, स्वास्थ्य र व्यापारीक हिसावले पनि धरान बजार धाउनुपर्ने बाध्यता छ । पुल बनेपछि धरान ११ मंगलबारे चोक हुदै विष्णुपादुकाको भञ्ज्याङ निस्कने र त्याहाबाट धनकुटाले आहाले महाभारा क्षेत्रमा आवाजत जावतमा समेत सहज भएको छ ।

पुल स्वीस सरकारको ८ करोड ३२ लाख लागत सहयोगमा निर्माण भएको हो ।
अव विष्णुपादुका आवात जावत गर्नको लागि सहज भएको छ । प्रसिद्ध धार्मिक स्थल विष्णुपादुका मन्दिर जान आउन समेत सहज भएको छ । यसबाट धार्मिक पर्यटनमा समेत टेवा पुग्ने अपेक्षा गरीएको छ ।

 

हिविस्कस स्कुलमा कविता बाचन प्रतियोगिता सम्पन्न

छाल खवर धरान,१० चैतः हिबिस्कस ईङलिस बोडीङ स्कुल धरान–१५ दृ कविता बाचन ...

रोटरी क्लब धरान घोपाकाे आयोजनामा वृहत स्वाथ्य शिव

छाल खवर  धरान,८ चैत ः राेटरी क्लव अफ धरान घोपा, रोट्रय ...

धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले एर्ईई

छाल खवर धरान,८ चैत ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले एर ...

एक्वा वोडिङ स्कुलकका विद्यार्थीहरुलाई विदाई

छाल खवर धरान,७ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल  धरान–१७ ले कक् ...

हिविस्कस वोडिङ स्कुलमा स्वास्थ्य सम्वन्धि सचेतना क

छाल खवर धरान,४ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा स्वास्थ्य ...

गर्मीमा उपयोगी पुदिना, के के छन् त यसका फाइदा

छाल खवर धरान,३ चैतः पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic