इनरुवामा लकडाउन जारी, रिपोर्ट अनुसार निर्णय हुने स् प्रमुख जिल्ला अधिकारी

  • साउन १२, २०७७
  • १५० पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१२ साउनः एक साता अघि मुलुक भर खुलेको लकडाउन सुनसरी सदरमुकाम इनरुवामा भने जारीरहेको छ ।
केही दिन अघि विराटनगरमा कार्यरत इनरुवा निबासी एक जना प्रहरीलाई कोरोना पोजेटिभ भएपछि इनरुवामा लकडाउन जारी रहेको हो ।

प्रहरीले धेरैसँग भेटघाट गरेको र घुमेको पाइएकोले कोरोनाको जोखिम इनरुवामा बढेको भन्दै तीन दिन अघि देखि लकडाउन घोषणा गरीएको थियो ।

लकडाउन घोषणा गरेर सङ्क्रमित प्रहरीको सम्पर्कमा रहेका र आशङ्का गरिएकाहरूलाई जिल्ला अस्पताल इनरुवामा स्वाब सङ्कलन गरी कोरोना परीक्षणको लागि पठाइएको छ ।

सङ्कलन गरिएको स्वाबको रिपोर्ट नआउन्जेल सम्मलाई लकडाउन जारी राख्ने र उनीहरूको रिपोर्ट पोजेटिभ आएको खण्डमा फेरी पनि लकडाउनलाई निरन्तरता दिने सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

लकडाउन सरकारले घोषणा गरेको भन्दा कडा रहेको र कोही सर्वसाधारण बाहिर निस्किएको खण्डमा अनिवार्य क्वारेनटाइनमा राखिने बताइएको छ । समुदायमा कोरोना सङ्क्रमण नहोस् भनेर कडा लकडाउन गरिएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले बताए ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic