राखेपको सदस्य सचिवमा सिलवाल नियुक्त

  • साउन १३, २०७७
  • ५०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौँ,१३ साउन ः राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा पुनः रमेश सिलवाल नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले खुला प्रतिस्पर्धाबाट चयन गर्दै निवर्तमान सदस्य सचिव सिलवाललाई पुनः नियुक्त गरेको हो ।

यससँगै सिलवाल लगातार दोस्रो पटक राखेपको सदस्य सचिव हुने पहिलो व्यक्ति बनेका छन् । सिलवाल अबको चार वर्षका लागि सदस्य सचिव रहनेछन् । पहिलो पटक राखेपको सदस्य सचिव खुला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । यसअघि खेलकुद मन्त्रालयको सिफारिसमा सरकारले सोझै नियुक्त गर्थ्यो ।

हालैमात्रै कार्यान्वयनमा आएको राष्ट्रिय खेलकूद विकास ऐन २०७७ मा राखेपको सदस्य सचिव खुल्ला प्रतिस्पर्धाका आधारमा चयन गरिने प्रावधान रहेको छ । नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि तत्कालीन सदस्य–सचिव सिलवाललगायत सदस्यहरु स्वतः पदमुक्त भएका थिए ।

त्यही रिक्त रहेको पद पुनःस्थापना गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौलासहितको तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । सो समितिले एक साताका लागि समय दिएर दरखास्त आह्वान गरेको थियो । जसका लागि सिलवालसँगै २७ जनाको निवेदन परेको थियो ।

जसमध्येबाट छनोट समितिले सदस्य सचिवका लागि सिलवालसँगै राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो । उक्त सिफारिस मन्त्रालयले मन्त्रीपरिषद् बैठकमा पेश गरेको थियो । ३ जनामध्येबाट सिलवाल सदस्य सचिवमा छानिएका हुन् ।

को हुन् रमेश सिलवाल

सिलवाल यसअघि गत वर्षको असारमा पहिलो पटक राखेपको सदस्य सचिव बनेका थिए । उनकै नेतृत्वमा नेपालले गत डिसेम्बरमा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न गरेको थियो ।

गोल्डेन गेट कलेजका सञ्चालकसमेत रहेका सिलवाल मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष हुन् । तत्कालीन एमालेको युवा संघको उपाध्यक्ष भइसकेका सिलवाल प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।सिलवाललाई यसअघि तदर्थ समितिमार्फत नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वमा स्थापित गर्न खोजिएको थियो ।

उपाध्यक्षमा शिव कोइराला

सरकारले राखेपको उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको छ । कोइरालाले १३औँ सागको प्रचारप्रसार विभाग संयोजकको भूमिका निर्वाह गरेका थिए । उपाध्यक्ष कोइरालाको पनि चार वर्षको पदावधि रहनेछ ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic