अमेरिकाकाको सहयोगमा सुनसरीको मधुवनमा राहत वितरण

  • साउन १५, २०७७
  • ६७२ पटक पढिएको
  • छाल खबर
alt

धरान, १५ साउनः अमेरिकामा रहेका नेपाली सामाजिक अभियन्ताहरुले सुनसरीको तत्कालीन मधुवन हाल वराहक्षेत्र नगरपालिका वडा नं. ११ मा कोरोना पीडित अति विपन्न ३० परिवारलाई खाद्यन्न राहत वितरणमा सहयोग गरेका छन् ।

अमेरिकामा बसेर समाज सेवा गर्दै आएका छिरिङ राप्के लामा (न्यूयोर्क) र विजय बस्नेत (टेक्सास) तथा घ्यालसुम्दो सेवा संस्था न्यूयोर्क, अमेरिकाको विशेष सहयोग र ग्रामिण क्लब हाउस इटहरी सुनसरीको आयोजनामा मधुवनका कोरोना पिडित अति विपन्न ३० परिवारलाई खाद्यन्न राहत वितरण गरिएको हो ।

अमेरिकामा बस्ने सहयोगीहरु इन्दु राई, सुख राई, रिना राई, गगन राई, यशोधा राई, विशाल राई, रवि गिरी, दिकेश श्रेष्ठ, पशुपति पाण्डे, टेकबहादुर रुवाली, विनोद रुवाली, ज्ञानेन्द्र कार्की, जीवन दाहाल, सुनिता दाहाल, बासुदेव अधिकारी, रघु सुवेदी, अर्जुन बोसेल, अनिल पाण्डे, हरिहर दाहाल, शिवराज फागु, रामहरी अधिकारी, सुनिता खत्री, नवराज लुईटेल, टिकालक्ष्मी लुइटेल, सुवास घिमिरे, प्रेम पौडेल, निमा लामा लगायतले आर्थिक सहयोग पठाएका थिए ।

ग्रामिण क्लब हाउस इटहरीका महासचिव धर्मप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न राहत वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सचिव केदार भण्डारी, विशेष अतिथि नेपाली कांग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले, महासमिति सदस्य जमिल अजाद, मधुवन गाउं इकाई सभापति अजाद आलम, जनप्रतिनिधि वडा सदस्य अनिरुद्ध मण्डल, नेपाल तरुण दलका महाधिवेशन प्रतिनिधि डि.वि. थापा लगायतले धन्यवाद मन्तव्य राखेका थिए ।

कार्यक्रममा ग्रामिण क्लव हाउसका सचिव तारा सुवेदी, सल्लाहकार शिवकुमारी सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
विपन्न परिवारहरुले कोरोनाको महामारीमा राहत पाएकोमा खुशी हुंदै सहयोगी सबैलाई धन्यवाद दिएका थिए ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, नेपाली कांग्रेसका धरान नगर सहसचिव पञ्चकला राई, ११ नं. वडा सभापति लोकेन्द्र फागो, १७ नं. वडा सभापति पुष्पा राई, ८ नं. कोषाध्यक्ष विष्णु मोक्तान, क्षेत्रीय प्रतिनिधिहरु राम तामाङ, तिलक सुनुवार, युवा नेता रोशु रेग्मी, युवा नेता गोपाल कार्की, तरुण दलका नेता नरसिंह राई, जीपी फाउण्डेसन सुनसरीका सदस्य राजु साह, टोल विकास समितिका अध्यक्ष सुर्य तामाङ लगायतको उपस्थिति रहेको थियो ।

उनीहरुले विपतका बेला सहयोग गर्ने सामाजिक अभियन्ताद्धय छिरिङ राप्के लामा, विजय बस्नेत र न्यूयोर्क अमेरिकास्थित ध्याल्सुम्दो सेवा संस्था तथा राहत व्यवस्थापन गर्ने अमेरिका रहेका ग्रामिण क्लब हाउस इटहरी सुनसरीका अध्यक्ष मुकुन्द सुवेदीलाई विशेष धन्यवाद दिए ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic