धरानमा फेरी लकडाउन शुरु खाद्यान्न र औषधीको पसल मात्र खोल्न दिने निर्णय

  • साउन १५, २०७७
  • ४४० पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१५ साउन ः समुदायमा कोरोना संक्रमणको जोखिम न्युनीकरण गर्न धरानमा फेरी लकडाउन शुरु भएको छ ।

विहिवार बसेको बैठकले बिहान ९ बजेदेखि ५ बजेसम्म अत्यावश्यक वस्तुको पसल मात्र खोल्न दिने निर्णय भएको नगरपालिकाका प्रशासकिय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएकाछन् ।

प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, चिकित्सक, राजनीतिक दल सहितको बैठकले यस्तो निर्णय गरेको हो । उक्त समयमा पनि अत्यावश्यक वस्तु अन्र्तगत खाद्यान्न, तरकारी र औषधीको पसल मात्र खोल्न दिइने निर्णय भएको खतिवडाको भनाई रहेको छ ।

धरानमा समुदायस्तरमा पनि कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका बढेकोले बैठकले यस्तो निर्णय गरेको हो । होटलहरुले प्याकिंग गरेर बिक्री गर्न दिने तर होटल, रेष्टुरेष्टमा नै बसेर खान नदिने पनि निर्णय भएको छ ।

निर्णय (शुक्रबार) देखि लागु हुने वरिष्ठ अधिकृत खतिवडाले जानकारी दिए । अन्य पसलहरु भने वन्द रहने भएकाछन् ।

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic