प्रस्तुती भोला श्रेष्ठ
धरान अहिले कोरोना संक्रमणको दृष्टिले उच्च जोखिममा रहेको देखिन्छ ।कोरोना संक्रमण समुदायस्तरमा नै फैलिएको हुनसक्ने हालको संक्रमितहरुका अवस्थाले पुष्टि गर्दै लगेको छ ।
संक्रमणको संभावित भयावह अवस्थालाई मध्यनगर गर्दै स्थानीय सरकारले समुदायस्तरमा परिक्षण गर्ने कार्यलाई अगाडी वढाएको छ ।
यो परिस्थितिमा कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्दै नियन्त्रण गर्न अव के गर्नु पर्ला ? यो विषयमा छाल खवरले धरानका विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको विचार संकलन गरेको छ । संकलित विचार जस्ताको तस्तै समावेश गरीएको छ ।
प्रकाश राई ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरी जिल्ला कमिटी सदस्य ःकोरोनाको औषधी हालसम्म पत्ता नलागेको र यसको परिक्षण मात्रै भईरहेको अवस्थामा यसको उपचारको पहिलो माध्यम भनेको नै सजगता र सचेतना नै हो । समुदायस्तरमा नै फैलिन थालेकोले आफैमा सजग हुनु पहिलो कुरा हो । भौतिक दुरी पूर्णरुपमा पालना गर्नुपर्दछ
दोस्रो कुरा विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्डलाई पूर्णरुपमा पालना गर्दै स्वास्थ्य परिक्षणको दायरा फराकिलो वनाउनुपर्दछ । परिक्षणको दायर वढाउन सकिएन भने भुसको आगो फैलिए सरह समुदायमा फैलन सक्छ त्यसैले स्थानीय सरकारले परिक्षणको दायरालाई वढाउनुपर्दछ ।
कृष्णकुमार अग्रवाल उद्योगी व्यवसायी ः समुदायमा सचेतना अपरीहार्य छ । भौतिक दुरीको पूर्णरुपमा पालना गर्नुपर्दछ ।अव समुदायमा जोखिम बढन थाल्यो । रोगलाई लुकाउन भएन ।स्थानीय निकायले समुदायस्तरमा सामाजिक संघ संस्थाहरुलाई मिहिन ढंगले परिचालन गरी सचेतना फैलाउनुपर्दछ ।
किशोर राई ः (अखिल नेपाल फुटवल संघ (एन्फा)बरिष्ठ मानार्थ उपाध्यक्ष तथा प्रदेश नं १ को अध्यक्ष ) स्थानीय निकायले आफ्नो तल्लो स्तरसम्म सचेतनाका लागि न्युनिकरण अभियान सञ्चालन गर्नुपर्दछ ।सम्पूर्ण स्रोत साधान परिचालन गरी टोल टोलसम्म सचेतना अपनाउनुपर्दछ । नागरीकलाई वचाउनु राज्यको पहिलो जिम्मेवारी हो ।विकास वजेट रोकेर भएपनि कोरोना नियन्त्रणमा लगाउनुपर्दछ । नगरपालिकाले वडाका टोल टोलसम्म वडामार्फत काम गर्न संयन्त्र निर्माण गर्नुपर्दछ ।
मञ्जुश्री पराजुली ः (केन्द्रीय सदस्य,नेपाल उद्यमशिल महिला महासंघ) धरानको सन्दर्भमा भन्नु पर्दा कोरोना संक्रमणको पछिल्लो स्थिति हेर्दा समुदायमा संक्रमण फैलिएको हो भन्ने देखिन्छ । यस्को न्युनिकरणको निमित्त के गर्ने भन्ने प्रश्नमा प्राथमिक कुरा त संक्रमितको पहिचान र संक्रमणको अवस्था कस्तो छ भन्ने कुरा पत्ता लगाउनु प¥यो । परिक्षणको दायर दायर वढाउनु प¥यो ।अर्को कुरा सामाजिक सचेतना आवस्यक छ ।सचेतना अभियानलाई तिव्रता दिनुपर्दछ ।यसका निमित्त समुदायको सहयोग लिदा राम्रो हुन्छ ।प्रभावकारी लकडाउन प्रवेश नाकामा कडाई तथा परिक्षण पनि आवस्यक देखिन्छ ।यी कार्यहरुमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण भूमिका हुने नै भयो ।नागरीकहरुको तर्फबाट आफू सुरक्षित रहने र अरुलाई पनि सुरक्षित राख्ने, सामाजिक दूरी कायम राख्ने,माक्सको अनिवार्य प्रयोग गर्ने,हात नियमित रुपमा पटक पटक धुने, सेनिटाइजर प्रयोग गर्नु आवस्यक छ ।संगसंगै व्यक्तिमा संक्रमणको लक्षण देखिएमा सम्वन्धित निकायमा सूचना गर्ने,स्वयम व्यक्ति पनि स्वास्थ्य परिक्षणका लागि पुग्नु पर्ने हुन्छ यस्का लागि पनि सामाजिक सचेतना आवस्यक छ ।
सिताराम आचार्य (वाणिज्य सचिव) सुनसरी उद्योग वाणिज्य संघ ) कडा लक डाउन गर्नुपर्दछ ।स्वास्थ्य परिक्षण गर्नुपर्दछ त्यसपछि नाका सिल गर्नुपर्दछ ।
नारायण सुवेदी ः (अध्यक्ष नेकपा धरान उपमहानगर कमिटी) समुदायमा कोरोना फैलिन शुरु भएकोले लकडाउन आवस्यक छ । समुदायमा स्वास्थ्य परिक्षणको दायरा वढाउनु पर्दछ । जसबाट कुुन क्षेत्रमा वढी प्रभावित छ भन्ने कुराको यकिन हुन आउछ भने लकडाउनबाट समुदायमा थप संक्रमणलाई रोक्न मद्धत गर्दछ ।
श्याम पोख्रेल (सचिव नेपाली कांग्रेस धरान उपमहानगर समिति ) स्वाथ्य परिक्षणको दायरालाई वढाउनुपर्दछ । त्यसपछि लकडाउनमा कडाई नियन्त्रण गर्न सकिन्छ यो नै उत्तम उपाय हो ।
मुकुल कायस्थः (महामन्त्री नेपाल रेडक्रस सोसाइटी सुनसरी ) पहिलो कुरा त आफै सजग हुनुप¥यो ।स्वास्थ्य निर्देशन पालना गर्नुप¥यो, भौतिक दूरी कार्यम गर्नुपर्ने हुन्छ ।वेला बेला सावुन पानीको प्रयोग गुर्नपर्दछ । समुदायस्तरमा सचेतना अभियान सञ्चालन गर्दा प्रभावकारी हुन्छ ।
दिलकुमार गिरी (वडाध्यक्ष १६ नं. वडा कार्यालय धरान उपमहानगरपालिका ) सचेतना नै प्रमुख कुरा हो ।सवै मानिस आफै सजग र सचेत हुनुको विकल्प छैन ।वडाबाट टोल टोलमा सचेतना कार्यक्रमरु सञ्चालन हुदै आइरहेको छ । यसलाई निरन्तरता दिन्छौं ।
राजमणि निरौला ः ( यातायात व्यवसायी ) पहिलो कुरा सचेत रहने संयमित रहने स्वास्थ्यको मापदण्ड अपनाउने,स्थानीय सरकारले सचेत र सजग गराउनु पर्दछ ।अति आवस्यक क्षेत्र बाहेक बन्द गर्नुपर्दछ । भीड नियन्त्रण गर्नुपर्दछ ।भौतिक दूरी कायम गर्नुपर्दछ । अति विपन्न वर्गको पहिचान गरी त्यसक्षेत्रका विपन्न वर्गको स्वास्थ्य परिक्षण गराउनुपर्दछ ।
नविन राजभण्डारीः (हार्डवेयर व्यवसायि मनकामना हार्डवेयर )कोरोनाको प्रमुख समस्या भनेको नै खुल्ला सीमाना हो । खुल्ला सीमा वन्द गर्नुपर्दछ । स्वास्थ्य संगठनको नियम पालना गर्नुपर्दछ । आफै सचेत हुनुपर्दछ ।
खगेन्द्र मेन्याङवो (समाज सेवी धरान–१५ ) भौतिक दूरी कायम गर्नुपर्दछ ।स्वास्थ्य परिक्षणको दायरा फराकिलो वनाउदैं त्यो रिपोटको आधारमा थप कार्यक्रमहरु सञ्चालन गर्दा प्रभावकारी हुन्छ जस्तो लाग्छ ।
रामकुमार दास (समाजसेवी ) आफै सचेत हुनु पहिलो कुरा हो दोस्रो कु्रा लकडाउन गर्नुपर्दछ ।स्वास्थ्य परिक्षणको दायरा सा¥है न्युन भयो त्यसलाई वढाउनुपर्दछ ।यसो गरेको खण्डमा न्युनिकरण र नियन्त्रण गर्न सकिन्छ ।
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic