हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जसपा अध्यक्ष यादव

  • मंसिर १८, २०८२
  • ८८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी चुनावको पक्षमा रहेको वताएकाछन् ।

लिम्बुवान राष्ट्रिय समितिको प्रथम अधिवेशन धरानमा आइतबार उद्घाटन पश्चात पत्रकार संग कुरा गर्दै यादवले सो कुरा वताएका हुन ।
यादवले आफूहरु चुनावमा भाग लिने र चुनावमा जाने तयारीमा भएपनि चुनावी वातावरण भने निर्माण भइनरहेको वताए ।

पहिचानवादी शक्तिहरू एकताबद्ध भएर सहकार्य गरे मात्र नो कोशी आन्दोलनले प्रदेशको पुनःनामाङकन र लिम्बुवान प्रदेश हासिल गर्न सक्ने बताएका छन् ।

‘राजनीतिक शक्ति, एकता र सहमतिले मात्र आन्दोलन सफल हुने यादवको भनाई रहेको थियो ।

यादवले हालको प्रदेश संरचना सघियताको मर्म र भावना विपरीत अव्यवहारिक र अवैज्ञानिक भएकोले पहिचानमा आधारित प्रदेश निर्माण गर्नु जरुरी भएको बताए ।

पहिचान नामेट हुन नदिन एकल जातीय दाशत्व तोड्नै पर्नेमा उनले जोड दिए । बहु जातीय बहुभाषिक र बहुसास्कृतिक देशमा एकल जातीवादी वर्चस्व कायम रहेका कारण देशमा शैन्य, आर्थिक र प्रशासनिक क्षेत्रमा ६४ प्रतिशत एउटै जातीको वर्चस्व कायम रहेको अध्यक्ष यादवले बताए ।

यादवले जसपाका अध्यक्ष अशोक राईलाई यता उता अलपत्र भएर बस्नु भन्दा घर फर्कन आग्रह गरेका थिए ।उनले अशोक राईसंग पार्टी एकताको चर्चा चलेको विषयमा प्रश्न गर्दा यादवले घर र्फर्कन आग्रह गरीएको बताए ।

राईको पार्टी नै नभएको जिकिर गर्दै अलमलमा पर्नुभन्दा घर फर्कन आग्रह गर्दै त्यो नै राजनीतिक फाइदा हुने जिकिर गरे ।

 

 

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic