धरानमा भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय

  • साउन २८, २०७७
  • १२,३०७ पटक पढिएको
  • खेमबहादुर माझी
alt

खेमबहादुर माझी
धरान,२८ साउन ः समुदायमा कोरोनाको संख्या वढन थालेपछि बुधबारबाट धरानमा थप एकहप्ता लकडाउन गर्ने निर्णय भएको छ ।

नगरपालिकाको बुधवार वसेको कार्यपालिका वैठकले आगामी भदौ ३ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको जोखिम कम नभएकोले भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको कार्यपालिका सदस्य तथा ९ नं. वडाका वडाध्यक्ष रत्न कट्वालले वताउनु भयो ।

दोस्रो चरणको लडकडाउनको समय आज मध्यरातीबाट सकिदैछ । दोस्रो चरणको लकडाउन साउन २२ गतेदेखि शुरु भएको थियो ।

बैठकले बाहिरी नाकाबाट आउने खाद्यान्न, तरकारी, दुधलाई रोक्ने निर्णय गरेपनि आन्तरिक उत्पादनलाई भने सहजीकरण गर्ने निर्णय भएको कट्वालले जानकारी दिनुभयो ।

‘धरान बाहिरबाट दुध, तरकारी आउन नदिने तर धरानभित्रैको उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको कट्वालको भनाई रहेको छ ।

धरान नगरपालिका क्षेत्र भित्रको विष्णुपादुका, पाँचकन्या, बसन्तटारको दुध, सब्जी ल्याउन सहजीकरण गर्ने तर पसल खोल्न पाइनेछैन ।

बैठकले धरान–१९ स्थित हरीयाली सामुदायिक वन क्षेत्र भित्रको भवनमा धरानवासीका लागि मात्र २३ वेडको आइसुलेसन वनाउने निर्णय समेत गरेको छ

त्यसैगरी वैठकले कृषि क्षेत्रमा मौज्जुदा रहेको आलु प्याज लगायतका सामाग्रीहरुलाई दुइदिनका लागि विक्रि गर्न दिने निर्णय गरेको छ ।

कुखुरा पशुपंक्षिका लागि आहार ल्याउन लागि राति १० वजेदेखि १२ वजेसम्म खुल्ला गरीने निर्णय भएको अध्यक्ष कट्वालले जानकारी दिनुभयो ।

दुध र सागसव्जि आउन छोडेपछि हाहाकार भएको थियो ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic