सभामुख भण्डारीको रिपोर्ट नेगेटिभ

  • साउन २९, २०७७
  • २,६८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ साउन ः प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको दोस्रो पटकको आरटि.पिसिआरको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

प्रमुख स्वकिय सचिव गिरिराज अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै होम क्वान्टिनमा रहनु भएका सभामुख भण्डारीको पुनः आरटिपिसिआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको जानकारी दिनुभएको छ ।

सभामुख भण्डारीको परिवारका एक जना सदस्यलाई कोरोना संक्रमण देखिए पश्चात संक्रमितलाई वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा आईशोलेसनमा राखेर तत्काल नै परिवारका अन्य सदस्य, नीजि सचिवालय, सुरक्षाकर्मी लगायतको परिक्षण गर्दा सबैमा कोरोना संक्रमण नभएको पुष्टि भएको थियो ।

स्वास्थ्य परिक्षणको नतिजा नेगेटिभ आएको तथा कोरोना संक्रमण नभएको देखिएता पनि सभामुख भण्डारी १४ दिन होम क्वारेण्टाईनमा रहनु भएको थियो ।

उक्त क्वारेण्टाईनको अवधि समाप्त भए पश्चात सभामुख भण्डारी र परिवारका अन्य सदस्य लगायतको पुनः स्वास्थ्य परिक्षण गराईएको थियो । उक्त परिक्षणको नतिजा पनि नेगेटिभ आएको छ ।

परिवारका संक्रमित सदस्य वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईशोलेसनमा रहि स्वास्थ्य लाभ गरिरहनु भएको तथा उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यस्तो अवस्थामा मानसिक एवंम् भावनात्मकरुपमा सदभाव व्यक्त गर्नु हुने सम्पूर्ण शुभेच्छुकहरुमा सभामुख भण्डारीले धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

समुदाय स्तरमा कोरोना संक्रमण फैलिदो अवस्थामा रहेकोले दृढ आत्मबलका साथ स्वास्थ्य सुरक्षा सम्बन्धि संभव सम्पूर्ण उपायहरु अबलम्बन गर्दै आफु जोगिन आफ्नो परिवार तथा समुदायलाई संक्रमणबाट जोगाउन अनुरोध पनि गर्नुभएको छ ।

दस्यलाई कोरोना संक्रमण देखिए पछि यसअघि पनि सभामुख भण्डारी, परिवार सदस्यसँगै सुरक्षाकर्मी, निजी सचिवालयको पनि पिसिआर परीक्षण गरिएको थियो । त्यसबेला पनि सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

 

 

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic