इलाका प्रशासन र धरान उपमहानगरपालिकामा नेवि संघ र तरुण दलको ज्ञापन पत्र

  • साउन ३०, २०७७
  • १,४३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० साउन ः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा मनोपली भएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले धरान उपमहानगरका मेयर र इलाका प्रशासन कार्यालय धरानलाई शुक्रवार ज्ञापन पत्र बुझाएका छन् ।

छाताचौंकमा रहेको पुरानो अस्पतालको जग्गा वीपी प्रतिष्ठानले भूमाफियालाई दिन लागेको भन्दै तत्काल रोक्न माग गर्दै ज्ञापन पत्र वुझाएको हो ।

नगर प्रमुख तिलक राईले दबाब र आन्दोलनबलमा तीन महिना अगाडी उद्घाटन भएको कोभिड १९ अस्पताल सञ्चालनमा आएको वताउदै तरुण र नेविसंघलाई धन्यवाद दिए ।

प्रतिष्ठानका उपकुलपतिले प्रतिष्ठानको व्यवस्थापन तथा सेवा सुविधामा ध्यान दिन नसकेको नगरप्रमुख राईले आरोप लगाए । नगरप्रमुख राईका अनुसार वीपी प्रतिष्ठानले सिनेटको बैठकको एजेन्डा धरान उपमहानगरपालिकालाई नपठाएको बताए ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्र बहादुर कार्कीले ज्ञापन पत्र प्रधानमन्त्रीसँग सम्बन्धित भएकोले ज्ञापन पत्रलाई प्रधानमन्त्री कार्यालय र जिल्ला कार्यालयमा तत्काल पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

दुई सङ्गठनले शुक्रवार पनि वीपी प्रतिष्ठानको गेट अगाडी आधा घण्टा धर्नामा बसेका थिए ।

तरुण दल धरानका सभापति हिमाल श्रेष्ठले मोरङको सुन्दरहरैचामा वीपी प्रतिष्ठानको वृत्ति विकासका लागि राखिएको जग्गामा मदन भण्डारी ट्रमा सेन्टर बनाउने प्रस्ताव तुरुन्त रोक्न माग गर्दै उपमहानगर र इलाका प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको बताए ।

दुवै सङ्गठनले धरानमा प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्नु लगायत चरणबद्ध रूपमा आन्दोलनहरू गर्दै आएका छन् ।

शुक्रवारको सिनेट वैठकले प्रतिष्ठानको नाममा भएको जग्गालाई आम्दानीको रुपमा उपयोग गर्ने निर्णय गरेको प्रतिष्ठानका रजिष्टार डा मोहन चन्द्र रेग्मीले जानकारी दिएकाछन् ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic