इटहरीका वडा नम्बर ६ र ९ सिल

  • भदौ ८, २०७७
  • १,६४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ भदौ ःवडामा कोरोना संक्रमितको संख्या बढन थालेपछि इटहरीको दुइवटा वडा सिल गरीएको छ ।

संक्रमण वढन थालेको भन्दै इटहरीको वडा नम्वर ६ र ९ वडालाई सिल गर्ने निर्णय गरिएको हो ।

वडा नम्वर ६ र ९ मा कोरोना संक्रमितहरुको संख्या बढिरहेकाले सिल गर्ने निर्णय गरिएको वडा नम्वर ६ का वडाध्यक्ष दिपक गौतमले बताए ।

दुवै वडालाई भदौ १४ गतेसम्म सिल गरिएको वडा नम्वर ९ का अध्यक्ष भुपेन्द्र वरालले जानकारी दिएकाछन् ।

बरालका अनुसार शिल गरीएका वडाहरुमा अतिआवश्य सेवा र पसल वाहेक सवै सेवा र हिडडुल गर्न पूर्ण रुपमा वन्द गर्ने निर्णय भएको छ ।

इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेतको उपस्थितिमा भएको वैठकले यस्तो निर्णय गरेको हो ।

इटहरी उपमहानगरका जनस्वास्थ्य निरीक्षक घनश्याम सिग्देलका अनुसार वडा नम्वर ६ मा १० जना र वडा नम्वर ९ मा ८ जना संक्रमित रहेकाछन् ।

यसैगरि, वैठकले इटहरी ९ स्थित रंगशालामा आइसोलेसन निर्माणका लागि आवश्यक पहल कदमी गर्ने निर्णय गरिएको छ । यसैगरी आइसोलेसन निर्माणमा सहयोग गर्न सम्वन्धित मन्त्रालय र निकायहरु सँग आब्हान गरिएको छ ।

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic