चरीत्रहत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न अभिनेत्री रेखा लिम्वुको माग चरीत्रहत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न रेखा लिम्वुको माग

  • भदौ ९, २०७७
  • १,८११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ भदै ः चलचित्रकी अभिनेत्री तथा मोडल रेखा लिम्बूले केही गलत तत्वले आफ्नो चरीत्रहत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न माग गरेकीछिन् ।

उनले सोमवार विज्ञप्ति जारी गर्दै आफ्नो चरीत्र हत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न माग गरेकीहुन् ।
उनले विज्ञप्तिमा केही व्यक्तिले अश्लील भिडियोमा आफ्नो नाम जोडेर सामाजिक सञ्जालमार्फत् आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएकी छन् ।

केही व्यक्तिले अश्लिल भिडियो धेरैमाझ म्यासेञ्जर मार्फत् फैलाएपछि स्पष्ट पार्नका लागि विज्ञप्ति निकाल्न बाध्य भएको बताएकी छन् ।

उनले अनुहार मिलेपनि आफू नभएकोले शुरुमा वास्ता नगरेपनि भिडियो चर्चामा आउन थालेपछि आफ्नो जोडिन थालेकोले वाध्य भएर विज्ञप्ति निकाल्नु परेको समेत उल्लेख गरेकीछिन् ।

साउन २ गते इलाका प्रहरी कार्यालय धरानमा चरीत्रहत्या गर्ने उदेश्यले भ्रम फैलाउनेहरु विरुद्ध साइबर क्राइम अन्तर्गत निवेदन दर्ता समेत गरेकीछिन् ।

उनले घटनामा आफुले चिनेकै व्यक्तिले समेत आफ्नो नाम जोडेर म्यासेज पठाएको पत्ता लागेको दावी समेत गरेकीछिन् ।

अश्लील भिडियो आफ्नो आफन्त, चिनेजानेका सबैलाई म्यासेज गरी पठाएको पाइएकोले त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्न उनले माग गरेकीछिन् ।

यसैबीच नेपाल चलचित्रकर्मी सङ्घ प्रदेश नं१ ले सोमबारै प्रेस विज्ञप्ति जारी गरेर रेखा लिम्बूको चरित्र हत्या गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएको छ ।

संघले कलाकारको चरित्रहत्या गर्ने कार्यका विरुद्ध प्रदेशका चलचित्रकर्मीहरू एक भएर लाग्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

संघले चाँडो भन्दा चाडो दोषिलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रहरी समक्ष आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष अरुण प्रधान, अग्रज चलचित्रकर्मी प्रेम सुब्बा, थारु चलचित्र तथा सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष परशुराम चौधरी, अभिनेता तथा बक्सिङ खेलाडी किशोर सम्बाहाङ्फे, गीतकार मीना सिङ्गक लगायतका कलाकर्मीले हस्ताक्षर गरेको विज्ञप्तिमा कसैको भिडियोमा कसैको नाम जोडेर सामाजिक सञ्जालमा फैलाउने काम तत्काल वन्द गर्न र यस्ता हर्कत नदोहो¥याउन चेतावनि समेत दिइएको छ ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic