चरीत्रहत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न अभिनेत्री रेखा लिम्वुको माग चरीत्रहत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न रेखा लिम्वुको माग

  • भदौ ९, २०७७
  • १,७६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ भदै ः चलचित्रकी अभिनेत्री तथा मोडल रेखा लिम्बूले केही गलत तत्वले आफ्नो चरीत्रहत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न माग गरेकीछिन् ।

उनले सोमवार विज्ञप्ति जारी गर्दै आफ्नो चरीत्र हत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न माग गरेकीहुन् ।
उनले विज्ञप्तिमा केही व्यक्तिले अश्लील भिडियोमा आफ्नो नाम जोडेर सामाजिक सञ्जालमार्फत् आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएकी छन् ।

केही व्यक्तिले अश्लिल भिडियो धेरैमाझ म्यासेञ्जर मार्फत् फैलाएपछि स्पष्ट पार्नका लागि विज्ञप्ति निकाल्न बाध्य भएको बताएकी छन् ।

उनले अनुहार मिलेपनि आफू नभएकोले शुरुमा वास्ता नगरेपनि भिडियो चर्चामा आउन थालेपछि आफ्नो जोडिन थालेकोले वाध्य भएर विज्ञप्ति निकाल्नु परेको समेत उल्लेख गरेकीछिन् ।

साउन २ गते इलाका प्रहरी कार्यालय धरानमा चरीत्रहत्या गर्ने उदेश्यले भ्रम फैलाउनेहरु विरुद्ध साइबर क्राइम अन्तर्गत निवेदन दर्ता समेत गरेकीछिन् ।

उनले घटनामा आफुले चिनेकै व्यक्तिले समेत आफ्नो नाम जोडेर म्यासेज पठाएको पत्ता लागेको दावी समेत गरेकीछिन् ।

अश्लील भिडियो आफ्नो आफन्त, चिनेजानेका सबैलाई म्यासेज गरी पठाएको पाइएकोले त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्न उनले माग गरेकीछिन् ।

यसैबीच नेपाल चलचित्रकर्मी सङ्घ प्रदेश नं१ ले सोमबारै प्रेस विज्ञप्ति जारी गरेर रेखा लिम्बूको चरित्र हत्या गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएको छ ।

संघले कलाकारको चरित्रहत्या गर्ने कार्यका विरुद्ध प्रदेशका चलचित्रकर्मीहरू एक भएर लाग्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

संघले चाँडो भन्दा चाडो दोषिलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रहरी समक्ष आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष अरुण प्रधान, अग्रज चलचित्रकर्मी प्रेम सुब्बा, थारु चलचित्र तथा सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष परशुराम चौधरी, अभिनेता तथा बक्सिङ खेलाडी किशोर सम्बाहाङ्फे, गीतकार मीना सिङ्गक लगायतका कलाकर्मीले हस्ताक्षर गरेको विज्ञप्तिमा कसैको भिडियोमा कसैको नाम जोडेर सामाजिक सञ्जालमा फैलाउने काम तत्काल वन्द गर्न र यस्ता हर्कत नदोहो¥याउन चेतावनि समेत दिइएको छ ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic