भदौ १७ गतेसम्म धरानमा लकडाउन विहान १० बजेसम्म पसल खोल्न पाउने

  • भदौ १०, २०७७
  • ४,२४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० भदौ ः धरान उपमहानगरपालिकाको कार्यपालिका वैठकले एकसाता लकडाउनको समय थप्ने निर्णय गरेको छ ।

नगरपालिकाको आज विहान वसेको वैठकले भदौ १७ गतेसम्म लकडाउनको समय थप गर्ने निर्णय गरेको हो ।

समुदायमा कोरोना संक्रमणको जोखिम अझै कम नभएको निष्कर्ष सहित धरानमा एक सातालाई लकडाउन थप गर्ने निर्णय भएको कार्यपालिका सदस्य ९ नं. वडाका वडाध्यक्ष रत्न कट्वालले जानकारी दिनुभयो ।

यस अघि घोषणा गरेको लकडाउनको समय आज राति १२ देखि सकिदै गरेको अवस्थामा वैठकले लकडाउन भदौ १७ गते मध्यराती १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो ।

वैठकले यस अघि विहान ८ वजेसम्म खोल्न दिने गरेको निर्णयलाई परिवर्तन गर्दै खाद्यान्न तथा सागसब्जीको पसल बिहान १० बजेसम्म खोल्न दिने गरी २ घण्टा समय थप गरेको छ ।

धरानमा दैनिक जस्तो कोरोना संक्रमितहरु फेला पर्न थालेपछि धरानमा लकडाउनमा कडाई गरीने भएको छ ।

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic