वीपी प्रतिष्ठानमा ९ जना कोरोना संक्रमण पुष्टि

  • भदौ १२, २०७७
  • ३,०८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ भदौ ः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रवार ९ जना कोरोना संक्रमित पुष्टि भएको छ

प्रतिष्ठानले दिएको जानकारी अनुसार एक जना नर्स र एन्फा क्वारेनटाइनमा खटिएका दुई जना नेपाली सेना सहित ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार संक्रमित हुनेहरुमा धरान १७ को एन्फा क्वारेनटाइनमा खटिएका ३४ र २७ वर्षीय पुरुष नेपाली सेना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी वार्डमा कार्यरत २५ बर्षीया नर्स, सर्जरी वार्डमा कार्यरत हेल्थ एडको १९ बर्षीया छोरी, धरान १७ का थप ५ जनाको कनट्र्याक्ट ट्रेसिङका ५९ बर्षीया महिला, ३३ बर्षीया महिला, ३१ बर्षीया महिला र २९ वर्षीय २ जना पुरुष गरी जम्मा ९ जना रहेकाछन् ।

धरानमा शुक्रवारसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३४ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ पुगेको छ । धरानमा तुलनामा संक्रमितहरु दैनिक रुपमा देखिन थालेको छ ।

समुदायस्तरमा नै कोरोना फैलिएको भन्दै न्यूनिकरणका लागि स्थानीय निकायले साउन २२ गतेदेखि लकडाउन गर्दै आएको छ ।

 

 

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic