कोरोना सङ्क्रमित आमा छोराको मृत्यु

  • भदौ १४, २०७७
  • ३०६ पटक पढिएको
  • छाल खबर
alt

धरान,१४ भदौ ः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै परिवारका २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान–१७ का दुई जना सङ्क्रमित रहेकाछन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्यु हुनेमा धरान १७ का ७४ वर्षीया महिला र ६० वर्षीया पुरुषको आइतबार मृत्यु भएको हो ।

धरान १७ का वडा अध्यक्ष सुर्यबहादुर भट्टराईका अनुसार मृतक आमा छोरा हुन् ।

एक साता अगाडिबाट अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरोले ग्रस्त महिलालाई भदौ १३ गते (शनिबार) साँझ अस्पताल भर्ना गरिएको थियो ।

स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा आइतबार कोरोना पोजिटिभ देखिएको थियो ।

प्रवक्ता सापकोटाका अनुसार पुरुषमा विगत दुई महिनादेखि कलेजोमा समस्या देखिएको थियो । उहाँको आइतबार बिहान ७ः ४५ बजे मृत्यु भएको हो ।

आमा छोराको करिव १ घण्टाको फरकमा मृत्यु भएको थियो ।

 

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic