महासंघमा एक्लिन अध्यक्ष राणा अख्तियारमा पनि अनियमितताको उजुरी

  • भदौ १५, २०७७
  • ९,००४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौ,१५ भदौ ः दुवै पूर्व सहयोगीहरुले साथ दिन छाडेपछि नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा एक्लिएकी छन् ।

अध्यक्ष वनाउनका लागि दिलो ज्यान दिएर लागि परेका पूर्व सहयोगीहरुको साथ छोडदै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा समूहसंग .नजिकिएपनि सो समूहले समेत साथ छोडेपछि उनी एक्लिएकि हुन् ।

अध्यक्ष राणा केही महिना अघि देखि पूर्बसहयोगीहरुलाई छोड्दै बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा समुहसंग नजिकिएकी थिइन तर सो समुहसंग पनि सम्वन्ध विग्रिदै गएपछि उनी एक्लो बन्न पुगेकी छिन् ।

महासंघमा उनलाई अध्यक्षमा जिताउने मात्र नभई कार्यकालभरी नै काँध थाप्ने पूर्बअध्यक्ष चण्डिराज ढकाल तथा उपाध्यक्ष चन्द्र ढकालपक्षलाई वाईपास गर्दै गोल्छा समुहसंग नजिकिएकी थिइन ।

राणाले महासंघमा गरेको आर्थिक अनियमिततको वोझ आफु अध्यक्ष भएपछि वोक्नुपर्ने अवस्था देखिएपछि गोल्छा समूहपनि अलग्गीदै गएको महासंघ स्रोतले जनाएको छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था रहेको छ ।

हाल वरिष्ठ उपाध्यक्ष गोल्छ अवको निर्वाचन पछि स्वत अध्यक्ष हुदैछन् ।
उनको कार्यकालको समयको आर्थिक कारोवारको विषयमा अनियमिताको भएको भन्दै अख्तियारमा समेत उजुरी परेको छ ।

राणाले ढकाल समुहलाई छोड्नु नै उनको लागि अफावसिद्ध भएको जिल्ला नगरका सदस्यहरु बताउँछन् ।
राणा यतिवेला गुट मात्र परिवर्तन नभई पूर्वसहयोगीहरुको व्यक्तिगत देखि सुनियोजित भ्रमहरु फैलाउन समेत पछि नपरेको एक स्थायी समिति सदस्यको भनाई रहेको छ ।

अध्यक्ष राणालाई अब ढकाल पक्षमा फेरी फर्कन समेत करिव करिव ढोका नै बन्द भएको स्रोतको दावी रहेको छ ।
विधान त राणको कार्यकाल समाप्त भएको छ । तर कोरोनाको महामारीका कारण महासंघको निर्वाचन हुन सकेको छैन ।

महासंघको निर्वाचन २०७६ साल चैत २८ साधारण सभार र २९ गते निर्वाचनको तयारी रहेको थियो । तर चैत ११ गतेदेखि कोरोनाको कारण मुलुकभर नै लकडाउन भएपछि निर्वाचन स्थगित भएको थियो । दोस्रो पटक २०७७ साउन २६ र २७ गते दोस्रो चरणको मिति घोषणा गरेको थियो । सो समयमा पनि लकडाउन भएकोले निर्वाचन अनिश्चित वनेको छ ।

निर्वाचनको मोडालिटी तयार गर्नको लागि ६ सदस्यीय सुझाव समिति समेत गठन गरीएको थियो । सो समितिले तयार पारेको सुझावका आधारमा निर्वाचन तय गर्ने निर्णय भएको छ ।

वर्तमान अवस्थामा उद्योग ब्यवशाय दिनप्रतिदिन धराशायी वन्दै गइरहेको अवस्थामा व्यवसायीहरुको एकमात्र धरोहरको रुपमा रहेको उद्योग वाणिज्य महासंघको नेतृत्वको कमजोरीका कारण नीजि क्षेत्रका तमाम् मुद्धाहरु अलपत्र परेका मात्र छैनन् । व्यवासायीहरु समेत निराश वनेकाछन् ।

आगामी कार्यकालका लागि हालका उपाध्यक्षहरु चन्द्र ढकाल समूह र किशोर प्रधानको समूह चुनावी मैदानका उत्रिएको छ । निर्वाचन सम्पन्न भएको अवस्थामा महासंघको नया कार्यसमिति निर्वाचित हुनेछ ।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic