कोरोना मानव समाजका लागि भ्रम रहेछ सांसद श्रेष्ठ

  • भदौ २५, २०७७
  • ४,१०२ पटक पढिएको
  • छाल खबर
alt

धनकुटाकी प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठ र उनका श्रीमान नयन श्रेष्ठलाई कोरोना संक्रमण भयो । २४ दिन पछि उनीहरुले सजिलै कोरोनालाई विजय हासिल गरे । धरानमा स्वाव परिक्षण गराएका सांसद दम्पतीको साउन २४ गते कोरोना संक्रमणको पुष्ठि भएको थियो । धनकुटाको कागते घर भएका उनीहरु केही वर्षयता इटहरीमा डेरा गरी वस्दै आएकाछन् ।

शुरुमा उनलाई टाउको दुखेको र श्रीमानलाई सामान्य ज्वरो आएको थियो ।त्यसबाहेक उनीहरुलाई कुनै समस्या देखिएन । उनीहरुले दैनिक रुपमा तातोपानिको वाफ लिएर वसे । वेसार पानी र जडिवुटीको रुपमा रहेको लहरा गुर्जोको पानी आएर नै आफूहरुले विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणलाई परस्त गर्न सफल भएको सांसद श्रेष्ठको भनाई रहेको छ ।

उनको वुझाईमा विश्वभर फैलिएको भ्रम जस्तो जटिल रोग नभएको र सामान्य सरुवा रोग भएको उनको वुझाई रहेको छ ।कुनै रोग लागे जस्तो नभएको र यसले समाजमा अनावस्यक भ्रम श्रृजना भएको उनको भनाई रहेको छ । कोरोना महामारी रुघाखोकी जतिको पनि जटिल नभएको उनले अनुभव वताएकीछिन ।

कोरोना महामारीको हल्लाले जटिल रोगीले उपचार नपाएर मर्ने अवस्था श्रृजना भएको प्रति भने उनले चिन्ता व्यक्त गरेकीछिन ।आत्म मनोवलले नै कोरोना परास्त गर्न सकिने उनको वुझाई र अनुभव रहेको छ ।
हल्ला र भ्रममा नपर्न उनले सवैलाई आग्रह समेत गरेकिछिन् । सावधानि अपनाउन आवस्यक रहेको वताउदै कोरोनाबाट त्रसित नहुन सवैलाई अपिल समेत गरेकीछिन ।

सौरव भण्डारीको अनुभव

आत्म मनोवल नै कोरानो परास्त गर्ने प्रमुख औषधी

धरान–१३ का सौरव भण्डारीलाई बेलुका जीउ दुःख्यो भोली पल्ट विहान ज्वरो आयो र तेस्रो परिक्षण गर्दा उनको रिपोट पोजेटिभ आयोज । त्यसपछि उनी धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा १५ दिन वसे ।उनी त्याहा दुइहप्ता वसे ।

उनले त्याहा एक्लै वस्नु प¥यो । तर उनलाई कतिपनि डर लागेन ।उनले त्याहा वस्दा गरेको अनुभवका वारेमा छाल खवर संवाददातासंग भने कोरोना संक्रमण केही होइन रहेछ सवैभन्दा ठूलो त आत्ममनोवल बलियो वनाउनु रहेछ । मैले उच्च मनोवलका कारण कोरोना परास्त गरे । आफूले मनोवल बलियो वनाएकोले केही जस्तो नलागेको उनको भनाई रहेको छ ।त्याहा वस्दा उनले एन्टीवाईटिक औषधी प्रयोग गर्नु नपरेको र सामान्य घरायसी औषधी नै पयाप्त भएको उनको अनुभव सुनाए ।

उनले भने त्याहा वस्दा मैले ३ पटक वाफ लिने गरेको थिए ।वेसार पानी,कागति पानि दिनमा ३ पटक पिउने गरेको र गुर्जोको लहराको पानी पिउने गरेको अनुभव सुनाए । उनले त्याहा भित्र नै आफैले गर्न सक्ने शारीरिक अभ्यास गर्ने गरेका थिए ।

उनको अनुभवमा कोरोना भाइरसको संक्रमण अन्य भाईरसको तुलनामा ज्यादै कमजोर भएपनि कुनैपनि रोगप्रति हेलचेक्राई भने गर्न नहुने उनको सुझाव रहेको छ । जस्तो जस्तो भएपनि रोग भनेको रोग नै हो भन्ने सवैले वुझ्नु पर्ने उनको सुझाव रहेको छ ।स्वास्थ्य सुरक्षाका उपायहरु भने अपनाउन आवस्यक रहेको उनको सुझाव रहेको छ ।

उनीभन्छन् रोग लाग्नुभन्दा रोग लाग्ने वाटो नै वन्द गर्नु हितकर कुरा हो । स्वास्थ्यको माफदण्डलाई पालन गरी भौतिक दुरी कायम गर्दै माक्स,सेनिटाइजर,प्रयोग लाई ध्यान दियो भने कोरोनालाई न्युनिकरण गर्न सकिने उनको सुझाव रहेको छ ।कोरोना परिक्षण गरेर ढुक्क भएर वस्न समेत उनको सुझाव रहेको छ ।

 

 

 

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic