एउटै घरमा डेरा वस्ने ६ परिवारका १३ जनलाई कोरोना संक्रमण

  • भदौ २९, २०७७
  • २,९९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ भदौ ः धरान–१६ मा आइतवार साँझ एउटै घरमा बस्ने १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान १६ का कोरोना संक्रमित ७८ वर्षीय श्रीमान् र ७० बर्षीया श्रीमतीको क्लोज कनट्र्याक्टमा रहेकाहरू र उनीहरूकै घरमा भाडामा बस्ने ६ परिवारका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

श्रेष्ठ दम्पतीको धरान १६ मा रहेको २ वटा घरमा भाडामा बस्नेहरू १२ बर्षीया बालिका देखि ५७ बर्षीया सम्मलाई कोरोना सङ्क्रमण भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार एउटै घरमा डेरा गरी वस्ने ६ परिवारका १३ जना रहेका छन् । संक्रमित हुनेमा ४५,२९,२९, १४,१७,१२,५७,३२ र ३८ बर्षीया महिला, ५३,२४,५४ र २७ वर्षीय पुरुष गरी १३ जना रहेका छन् ।

श्रेष्ठ दम्पतीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरूको कनट्र्याक्ट ट्रेसिङकाहरु र एन्फा क्वारेनटाइनमा रहेका ९७ जनाको स्वाब लिइएको मध्ये १३ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको मेहताले जानकारी दिएकाछन् ।

उनीहरुलाई होम आइसुलेसनमा नै राखिने १६ नं. वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिनुभयो ।

धरानमा एकै परिवारमा यतिका संख्यामा संक्रमण भएको यो पहिलो हो । धरानमा हालसम्म ३ सय २४ जना संक्रमित भइसकेकाछन् ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic