भेडेटारका होटल व्यावसायीहरु आन्दोलित सरकारले अनुमति नदिए आफै व्यवसाय खोल्ने चेतावनि

  • भदौ २९, २०७७
  • ९,७८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ भदौ ःपूर्वको पर्यटकीय स्थलको रुपमा परिचित धनकुटाको भेडेटारका होटल व्यावसायीहरु व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै आन्दोलित वनेकाछन् ।

उनीहरुले विगत ६ महिना देखि लकडाउनका कारण व्यवसाय वन्द गरेर वस्नु पर्दा समस्या परेको वताउदै असोज १ गतेबाट निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै आन्दोलित वनेका हुन् ।

भेडेटार होटल एशोसिएशनको नेतृत्वमा सोमवार धनकुटा जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय धनकुटा र सरोकारवाला सवैलाई ज्ञापन पत्र बुझाउदै व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग सहित आन्दोलित भएका हुन ।

धनकुटा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठ र धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई लाई होटल व्यवसाय तथा यातायत पूर्ण रुपमा संचालन गर्ने वातावरण बनाई दिन माग गर्दै भेडेटार होटल एशोशिसनका अध्यक्ष जितेन्द्र राई,महासचिव आशिष राई,सचिव तुमराज लिम्बु ,सदस्य डम्वर लाम्बिछानेले ज्ञापन पत्र वुझाएका थिए ।

सरकारले होटल संचालन गर्न अनुमति नदिए आगामी अशोज १गते देखी आफै सुरक्षा विधि अबलम्वन गरी होटल व्यावसाय पूर्ण रुपमा संचालन गर्ने भेडेटार होटल एशोसिएनका अध्यक्ष जितेन्द्र राईले बताए ।

व्यवसाय वन्द गरेर वसेपनि बैंकहरुको दवाव आउन वारम्वार आइरहेको र परिवार धान्न समेत समस्या भएकोले अव स्वाथ्यका मापदण्ड अपनाएर भएपनि व्यवसाय सञ्चालन गर्नुको विकल्प नभएकोले वाध्य भएर व्यवसाय सञ्चालन गर्न लागेको राईले वताए ।

सरकारले व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण नगरीदिएको खण्डमा व्यवसायहीहरु व्यवसायबाट पलायन समेत हुने अवस्था आएको अध्यक्ष राईको भनाई रहेको छ ।

भेडेटार होटल एशोसिएनले पर्यटकीय स्थ भेडेटार,नाम्जे,नमस्ते झरना लगायतका क्षेत्रहरुमा पूर्ण रुपमा यातायत संचालन गर्न दिनु पर्ने माग गरेका छन ।

कोरोना भाईरसका कारण विगत ६ महिना देखी त्यस क्षेत्रको होटल व्यवसाय वन्द रहदै आएको छ ।निरन्तर वन्दका कारण व्यवसाय पूर्ण रुपमा धारासाही भएको भन्दै धनकुटाको पर्यटकीय स्थल भेडेटारको होटल व्यवसाय वन्द हुदै आएको छ ।

लकडाउनका कारण पूर्व कै पर्यटकीय स्थल भेडेटार लगायत त्यसक्षेत्रका आसपासका नाम्जे,नमस्ते झरना लगायतका पर्यटन व्यवासयीहरु आर्थिक रुपमा प्रभावित वनेकाछन् ।

व्यवासय वन्द रहेता पनि घर भाडा अनिवार्य रुपमा वुझाउनु पर्ने वाध्यता रहेको छ । पर्यटकीय क्षेत्र भएकोले सो क्षेत्रमा घर भाडा समेत महंगो रहेको छ ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic