भेडेटारका होटल व्यावसायीहरु आन्दोलित सरकारले अनुमति नदिए आफै व्यवसाय खोल्ने चेतावनि

  • भदौ २९, २०७७
  • ९,८०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ भदौ ःपूर्वको पर्यटकीय स्थलको रुपमा परिचित धनकुटाको भेडेटारका होटल व्यावसायीहरु व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै आन्दोलित वनेकाछन् ।

उनीहरुले विगत ६ महिना देखि लकडाउनका कारण व्यवसाय वन्द गरेर वस्नु पर्दा समस्या परेको वताउदै असोज १ गतेबाट निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै आन्दोलित वनेका हुन् ।

भेडेटार होटल एशोसिएशनको नेतृत्वमा सोमवार धनकुटा जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय धनकुटा र सरोकारवाला सवैलाई ज्ञापन पत्र बुझाउदै व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग सहित आन्दोलित भएका हुन ।

धनकुटा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठ र धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई लाई होटल व्यवसाय तथा यातायत पूर्ण रुपमा संचालन गर्ने वातावरण बनाई दिन माग गर्दै भेडेटार होटल एशोशिसनका अध्यक्ष जितेन्द्र राई,महासचिव आशिष राई,सचिव तुमराज लिम्बु ,सदस्य डम्वर लाम्बिछानेले ज्ञापन पत्र वुझाएका थिए ।

सरकारले होटल संचालन गर्न अनुमति नदिए आगामी अशोज १गते देखी आफै सुरक्षा विधि अबलम्वन गरी होटल व्यावसाय पूर्ण रुपमा संचालन गर्ने भेडेटार होटल एशोसिएनका अध्यक्ष जितेन्द्र राईले बताए ।

व्यवसाय वन्द गरेर वसेपनि बैंकहरुको दवाव आउन वारम्वार आइरहेको र परिवार धान्न समेत समस्या भएकोले अव स्वाथ्यका मापदण्ड अपनाएर भएपनि व्यवसाय सञ्चालन गर्नुको विकल्प नभएकोले वाध्य भएर व्यवसाय सञ्चालन गर्न लागेको राईले वताए ।

सरकारले व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण नगरीदिएको खण्डमा व्यवसायहीहरु व्यवसायबाट पलायन समेत हुने अवस्था आएको अध्यक्ष राईको भनाई रहेको छ ।

भेडेटार होटल एशोसिएनले पर्यटकीय स्थ भेडेटार,नाम्जे,नमस्ते झरना लगायतका क्षेत्रहरुमा पूर्ण रुपमा यातायत संचालन गर्न दिनु पर्ने माग गरेका छन ।

कोरोना भाईरसका कारण विगत ६ महिना देखी त्यस क्षेत्रको होटल व्यवसाय वन्द रहदै आएको छ ।निरन्तर वन्दका कारण व्यवसाय पूर्ण रुपमा धारासाही भएको भन्दै धनकुटाको पर्यटकीय स्थल भेडेटारको होटल व्यवसाय वन्द हुदै आएको छ ।

लकडाउनका कारण पूर्व कै पर्यटकीय स्थल भेडेटार लगायत त्यसक्षेत्रका आसपासका नाम्जे,नमस्ते झरना लगायतका पर्यटन व्यवासयीहरु आर्थिक रुपमा प्रभावित वनेकाछन् ।

व्यवासय वन्द रहेता पनि घर भाडा अनिवार्य रुपमा वुझाउनु पर्ने वाध्यता रहेको छ । पर्यटकीय क्षेत्र भएकोले सो क्षेत्रमा घर भाडा समेत महंगो रहेको छ ।

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic