प्रदेशसभा भवन सिलान्यास

  • असोज १, २०७७
  • २,५०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ असोज ः मोरङको विराटनगरमा प्रदेश १ को प्रदेश सभा भवनको एक कार्यक्रमका विच शिलान्याश भएको छ ।

प्रदेश सभा गठन भएको अढाई वर्षपछि बिहीबार प्रदेश राजधानी विराटनगरमा प्रदेश १ को प्रदेशसभा भवनको सिलान्यास गरिएको हो ।

जिल्ला समन्वय समिति मोरङको भवनबाट प्रदेशसभा सञ्चालन हुदै आएको छ । स्थायी राजधानी अन्यत्र सार्ने विषयमा चर्चा चलेपनि रभवन सिलान्यास भएर निर्माणको काम सुरु हुने भएपछि विराटनगरबाट प्रदेशसभा सर्ने सम्भावना करिव अन्त्य भएको छ ।

प्रदेश सभाको भवन हाल सञ्चालन भएको समितिकै क्षेत्रमा निर्माण हुने भएको छ ।

प्रदेशको राजधानी घोषणाका लागि धरान,धनकुटा,इटहरी,इनरुवा गोठगाउ लगायतका क्षेत्रमा आन्दोलन समेत भएको थियो सो समयमा प्रदेश १ को राजधानी तोक्दा स्थायी राजधानी विराटनगर भए पनि वृहत विराट क्षेत्र घोषणा गरेर विराटनगर बाहिर राजधानीको संरचना निर्माण गर्ने नेताहरुले आस्वासन दिएका थिए ।

pradesh sabha bhawan = 2

प्रदेश सरकारले उक्त भवन निर्माणको लागि पाँच करोड रुपैयाँ विनियोजन गरेको मध्येबाट २ करोड ५१ लाख ८१ हजार ९७६ रुपैयाँ ठेक्का लागेको छ ।

ठेक्का लागेपछि बिहीबार प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले भवनको सिलान्यास गर्नुभएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले आफ्नै लगानीमा सरकारले आफ्नो पहिलो संरचना निर्माण गर्न लागेको जानकारी दिए ।

सो भवन निर्माणका लागि धरानको स्वामी नारायण निर्माण सेवा कम्पनीले ठेक्का पाएको छ ।

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic