प्रदेशसभा भवन सिलान्यास

  • असोज १, २०७७
  • २,४४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ असोज ः मोरङको विराटनगरमा प्रदेश १ को प्रदेश सभा भवनको एक कार्यक्रमका विच शिलान्याश भएको छ ।

प्रदेश सभा गठन भएको अढाई वर्षपछि बिहीबार प्रदेश राजधानी विराटनगरमा प्रदेश १ को प्रदेशसभा भवनको सिलान्यास गरिएको हो ।

जिल्ला समन्वय समिति मोरङको भवनबाट प्रदेशसभा सञ्चालन हुदै आएको छ । स्थायी राजधानी अन्यत्र सार्ने विषयमा चर्चा चलेपनि रभवन सिलान्यास भएर निर्माणको काम सुरु हुने भएपछि विराटनगरबाट प्रदेशसभा सर्ने सम्भावना करिव अन्त्य भएको छ ।

प्रदेश सभाको भवन हाल सञ्चालन भएको समितिकै क्षेत्रमा निर्माण हुने भएको छ ।

प्रदेशको राजधानी घोषणाका लागि धरान,धनकुटा,इटहरी,इनरुवा गोठगाउ लगायतका क्षेत्रमा आन्दोलन समेत भएको थियो सो समयमा प्रदेश १ को राजधानी तोक्दा स्थायी राजधानी विराटनगर भए पनि वृहत विराट क्षेत्र घोषणा गरेर विराटनगर बाहिर राजधानीको संरचना निर्माण गर्ने नेताहरुले आस्वासन दिएका थिए ।

pradesh sabha bhawan = 2

प्रदेश सरकारले उक्त भवन निर्माणको लागि पाँच करोड रुपैयाँ विनियोजन गरेको मध्येबाट २ करोड ५१ लाख ८१ हजार ९७६ रुपैयाँ ठेक्का लागेको छ ।

ठेक्का लागेपछि बिहीबार प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले भवनको सिलान्यास गर्नुभएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले आफ्नै लगानीमा सरकारले आफ्नो पहिलो संरचना निर्माण गर्न लागेको जानकारी दिए ।

सो भवन निर्माणका लागि धरानको स्वामी नारायण निर्माण सेवा कम्पनीले ठेक्का पाएको छ ।

 

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic