प्रदेश १ मा चलचित्र निर्देशक समाज गठन

  • असोज ४, २०७७
  • १४,६०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ असोज ः प्रदेश नं. १ मा चलचित्र निर्देशकहरुलार्य संगठित गर्ने उदेश्यले केशव रायमाझी को अध्यक्षता मा ११ सदस्यीय चलचित्र निर्देशक समाज प्रदेश न १ गठन भएको छ ।

प्रदेश न १ मा रहेर चलचित्र निर्देशनमा गरिरहेका निर्देशकहरुको छाता संगठनको रुपमा नै यो समाजको स्थापना गरिएको हो ।

बिगत चार दशक देखी प्रदेशमा नै रहेर निर्देशनकार्यलाई निरन्तरता दिई रहनु भएका बिराटनगर का अग्रज निर्देशक केशव रायमाझिलाई सर्वसम्मत द्धारा नै चयन गरेर अध्यक्ष पदको लागी नियुकति गरिएको थियो ।

चलचित्रकर्मी महासंघ प्रदेश न १ का अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षता मा बसेको बैठक ले उक्त निर्णय गरेको हो । कार्यक्रममा प्रेम सुब्बा, परशुराम चौधरी , प्रकश सुब्बा लगायत प्रदेश न १ मा रहेका अधिकांश निर्देशकहरुको भेला भएका थिए ।

नवनियुक्त भएको कार्यसमिति लाई चलचित्रकर्मी महासंघ प्रदेश १ का महासचिव दिनेश कोईराला द्वारा निर्णय को माईन्युट हस्तान्तरण गरिएको थियो । चलचित्र निर्देशक समाज प्रदेश १ को नवनियुक्त कार्यसमितिको नामावली यस प्रकार रहेको छ ।

समितिको अध्यक्ष ( केशव रायमाझी , बिराटनगर उपाध्यक्ष– रविन श्रेष्ठ– धरान,ज्ञानेन्द्र कोईराला दमक, सचीव हरेन्द्रमान खत्री पथरी ,सह सचीव–बिनोद पुडासैनी बिराटनगर, कोषाध्यक्ष– राजु चौधरी बिराटनगर,सदस्यहरु मौसम ईम्बुङ हङकङ, सुर्य चेम्जोङ पाचथर , होम नारायण राजबंशी झापा , हुदुवा खवाश मोरंग, बिजय सुव्वा सुनसरी रहेकाछन् ।

सल्लाहकार समितिमा अरुण कुमार प्रधान, प्रेम सुब्बा, परशुराम चौधरी,लाख मान योन्जन,ईन्द्र परियार, प्रकाश सुब्बा,भिम लामा रहेकाछन्

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic