वीपी प्रतिष्ठान धरानमा व्यापारीको चलखेल पदाधिकारीलाई आफ्नो प्रभावमा पारेर कर्मचारीको सरुवा

  • असोज ७, २०७७
  • ८,४९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ असोज ः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वेला वेलामा विभिन्न घटना हुने गरेको छ । कहिले भष्ट्राचार काण्ड, कहिले घुस काण्ड,कहिले कमिसन काण्ड हुने गरेको छ ।

प्रतिष्ठानमा यी सवै घटना नितान्त व्यापारीहरुको कारण हुने गरेको छ ।त्यसमा पनि जुनसुकै घटनामा धरानका एकैजना मात्र व्यापारी संलग्न हुने गरेकाछन् ।

धरानका अधिकांश उच्च पदाधिकारीहरु नियुुक्तिका लागि लगानी गरीदिने र त्यसबापत प्रतिष्ठानको ठेक्का पट्टा आफूले लिनु उनको लागि नियमति प्रकृया जस्तै वनेको छ । जुनसुकै उपकुलपति र रजिष्ट्रार नियुक्ति र विवादमा उनैको नाम जोडिदै आएको छ ।

प्रतिष्ठानका खरिद शाखा प्रमुखले तिनै व्यापारीको फर्जि विल पास गर्न नमानेको कारण व्यापारीको सेटिङमा सरुवा समेत भएको छ जव कि ती कर्मचारी त्याहा सरुवा भएर आएको ४ महिना पनि भएको छैन ।

प्रतिष्ठानका पदाधिकारीहरु र ती व्यपारीहरुको विचमा हुने गरेको अनियमिततालाई सहयोग नगरेपछि उनलाई सरुवा गरिएको छ ।

प्रतिष्ठान स्रोतका अनुसार व्यापारी चेतन अग्रवालको फर्जि विल चापागाईले पास गर्न नमानेपछि ती व्यपारीको दवावमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले खरिद शाखा प्रमुख विष्णु चापागाईको सरुवा गरेका छन् ।

अग्रवालको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि उजुरी परेर अनुसन्धान जारीरहेको छ । निवर्तमान उपकुलपति बलभद्र दासको अख्तियार मुद्धामा अग्रवाल समेत मुछिएकाछन् । प्रतिष्ठानमा हरेक उपकुलपति मार्फत उनले ठेक्का पट्टा र आर्थिक चलखेल गर्दै आएकाछन् ।

पेसाले औषधी व्यवसायी अग्रवाल सुनसरी उद्योग वाणिज्य संघका सदस्य समेत हुन । उनलाई मनोनित गर्नका लागि उनका दाजु पवन अग्रवालले वर्तमान अध्यक्ष गिरीधारी सापकोटालाई समेत दवाव दिएका थिए ।विभिन्न काण्डमा पर्दै आएका अग्रवाल पेसागत संगठनको पावरका लागि उनी अनेक पावर लगाएर मनोनित भएका थिए ।

उनको मनोनितसंगै संघलाई व्यापारीहरुले हेर्नेदृष्टिकोण नै परिवर्तन गर्न थालेकाछन् । अग्रवाल उपकुलपति वीपी दासको समय देखि नै आर्थिक काण्डमा मुछिदै आएकाछन् ।चापागाईले हिजो (मंगलबार) उपकुलपति कार्यालयबाट सरुवाको पत्र प्राप्त गरेका थिए ।

चापागाईलाई गिरीले खरिद शाखा प्रमुखबाट शैक्षिक प्रशासन शाखामा सरुवा गरेकाछन् । यस अघि प्रतिष्ठानमा कर्मचारीहरुको सरुवा २ वर्षमा रजिष्ट्रारको सिफारीसमा सरुवा गर्ने प्रावधान रहेको छ ।

चापागाईलाई व्यापारी चेतन अग्रवालको दवावमा गिरीले सरुवा गरेकाछन् । गिरीले खरिद शाखा प्रमुखमा आफुहरुलाई अनुकुल हुने गरि सामान्य प्रशासनबाट अशोक साहलाई सरुवा गरेर लगेकाछन् । गिरीले पदस्थापना गर्दा म पैसा गरेर आएको होइन, म भ्रष्ट्राचार गर्दिन भन्ने अभिव्यक्ति दिएका थिए । तर आज उनै उपकुलपति गिरी व्यापारीको माध्यमबाट घुमाउरो पाराले प्रतिष्ठानमा आर्थिक चलखेल गर्न शुरु गरेको प्रतिष्ठान स्रोतको दावी रहेको छ ।

चापागाईलाई शैक्षिक शाखा अन्तर्गतको एकेडेमिक ब्लकमा सरुवा गरिएको छ । त्यहाँ कुनै कार्यालय छैन । पढाई हुँदा मात्र त्यो भवन प्रयोग हुन्छ । अहिले पढाई बन्द भएकोले त्यहाँ कुनै काम छैन ।चापागाईले पनि आफुलाई एक्कासी सरुवाको पत्र आएको बताएकाछन् ।

कर्मचारी सरुवा गर्दा रष्ट्रिारको सिफारीसबाट मात्र गर्ने प्रावधान पनि रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी कार्यालयको कामले स्वाथ्य मन्त्रालय काठमाण्डौंमा रहेकाछन् । कर्मचारी सरुवा रजिष्ट्रारको सिफारिशमा उपकुलपतिले गर्नुपर्ने हुन्छ ।

यता रजिष्टार डा. रेग्मीले आफु कार्यालयको काममा मन्त्रालय आएको र सरुवाको विषयमा आफूले पत्र पत्रिका मार्फत मात्र जानकारी पाएको छाल खवरलाई बताए ।

रजिष्ट्रार रेग्मीले चापागाईको सरुवाको विषयमा आफूलाई जानकारी नभएको वताएपनि उनले मन्त्रालय जानु अघि उपकुलपतिलाई चापागाई सरुवाको लागि सिफारीस गरेर गएको स्रोतको दावी रहेको छ ।रेग्मी मंगलवार काठमाडौं गएकाछन् ।

यता व्यापारी चेतन अग्रगाललाई सम्पर्क गर्दा मोवाइल अफ रहेको थियो ।सो विषयमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीसँग सम्पर्क गर्दा फोन उठेन ।

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic