उपमेयरको गीत घाम लाग्यो घमाइलो बुधवारबाट दर्शक माझ

  • असोज १८, २०७७
  • ६,४५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ असोज ःचलचित्र निर्माता तथा निर्देशक भिम लामाको निर्देशनमा बन्न लागेको चलचित्र (महानायक)को यो दशै गीत बुधवारबाट स्रोत माझ बजारमा आउने भएको छ ।

द पिक स्टुडियो काठमाडौमा रेकर्डिङ भएको सो गीत श्रोताहरुको मागलाई मध्यनजर गर्दै दुई तीन दिन भित्रै (घाम लाग्यो घमाइलो) गीत बजारमा ल्याइने निर्देशक भीम लामाले जानकारी दिएकाछन् ।

बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीद्धारा लिखित (घाम लाग्यो घमाइलो)गीत रेकर्डिङ द पिक स्टुडियो काठमाडौमा रेकर्ड भएको छ ।

सो गितमा बेलबारीका गायक पहिलो बेलबारी आइडल विवेश मोते र रचना रिमालले स्वर दिएकाछन् । मोते र रिमाल दुवै सो क्षेत्रको संभावना वोकेका गायक गायिका हुन्।

श्रोताहरुको भरपुर माया पाउनेमा आफू विस्वस्त रहेको उपमेयर पराजुलीले वताएकीछिन् । गीतलाई एरेन्जर राजवाहकले एरेन्ज गरेका छन्।

सारा नेपालीहरु विगत ७ महिना देखि कोरोना माहामारीबाट प्रभावित भएर घर घरमा वसेर मानसीक विरामी जस्तो अवस्था रहेकोले यो गीतले सवैलाई हषोल्लास र पूर्ण मनोरन्जन दिने महानायका निर्देशक भीम लामाको भनाई रहेको छ । सम्पूर्ण तयारी भईसकेकोले वुधवारबाट दर्शक माझ आउने लामाले जानकारी दिएकाछन् ।

गीतले स्रोताहरुलाई भरपूर मनोरञ्जन दिनुका साथै विगत सात महिना देखि कुन्ठित भएर रहेको मनलाई एकाग्रह वनाउदै मनोरञ्जन दिनेमा आफू विस्वस्त रहेको लामाको दावी रहेको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic