धरानका दुई वडाध्यक्ष सहित मंगलवार ७९ जना कोरोना सङ्क्रमित

  • असोज २१, २०७७
  • २,१०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ असोज ः धरानमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदै जान थालेको छ ।

धरानमा मङ्गलवार साँझ दुइ जना वडाध्यक्ष सहित ७९ जना कोरोना सङ्क्रमित थपिएका हुन।

सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा र धरान(१७ को एन्फा क्वारेनटाइनमा स्वाब लिएका स्वाब लिइएका मध्येबाट मङ्गलवार साँझ ७९ जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार कोरोना सङ्क्रमित हुनेहरूमा दुई जना वडाध्यक्ष, २० नम्बर वडा कार्यालयका एक जना कर्मचारी, ३ नम्बर वडाको कर्मचारी, धरान उपमहानगरपालिकाको शिक्षा शाखाका एक सहित २ जना कर्मचारी र धरानका एक जना सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी अन्य सङ्क्रमित हुनेहरूमा धरान ९ मा ४ जना, धरान १८ मा ७ जना, धरान ११ मा ३ जना, धरान १६ मा ७ जना, धरान १७ मा २ जना, धरान १९ मा ४ जना, धरान १३ मा ५ जना, धरान ७ मा ८ जना, धरान १५ मा ६ जना, धरान २ मा ५ जना, धरान १ मा ३ जना, धरान १२ मा ७ जना, धरान ८ मा ६ जना, धरान १४ मा ४ जना, धरान ३ मा ६ जना, धरानको वडा उल्लेख नभएका २ जना गरी जम्मा ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मेहताले जानकारी दिएकाछन् ।

मंगलवारसम्म धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय ६६ पुगेको र सङ्क्रमणबाट मृत्यु भएकाको सङ्ख्या १० पुगेको मेहताले जानकारी दिएकाछन् ।

अन्य ठाउको तुलनामा धरानमा कोरोना संक्रमितको संख्या वढदो मात्रामा रहेको छ ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic