वीपीमा हुने गरेको लापरवाही र उपचार सेवाबारे संघीय,प्रदेश सांसदहरुको चासो

  • कार्तिक ७, २०७७
  • २,७३५ पटक पढिएको
  • छाल खबर
alt

धरान,७ कार्तिक ः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना महामारीको उपचारका क्रममा हुने गरेको लापरवाहीका विषयमा जनगुनासो आउन थालेपछि धरान क्षेत्रका प्रदेश संसदहरुले प्रतिष्ठानका पदाधिकारीहरुसँग छलफल गरेकाछन् ।

शुक्रवार भएको छलफलमा सुनसरी क्षेत्र नं १ बाट निवार्चित संघीय सांसद तथा प्रदेश १ सभाका प्रत्यक्ष निवार्चित र समानुपातिक सांसदहरु छलफलमा सहभागी रहेका थिए ।

उनीहरुले अस्पताल र प्रतिष्ठानको उपचार सेवाबारे आवश्यक छलफल गरेका छन् ।

नेकपा स्थायी कमिटि सदस्य, प्रदेश १ इञ्चार्ज तथा सुनसरी क्षेत्र नं १ (ख) का प्रदेश संसद समेत रहेका भिम आचार्यले कोभिड महामारीको बीचमा अस्पताल व्यवस्थापनमा भएका समस्याका विषयमा छलफल गरिएको र प्रतिष्ठानले सुधार गर्ने प्रयत्न गरिरहे पनि उपलव्धी भने आइनसकेको उल्लेख गरेका थिए ।

सांसद आचार्यले कोभिड अस्पताल १ सय बेडको भएपनि अक्सिजन पाइपको अभावले ५५ बेड मात्र काम गरिरहेको जानकारी आफूहरुले पाएको बताए ।

छलफलमा ५ दिनभित्र थप ३० बेडमा पाइप पुर्याउने र १५ दिनभित्र सम्पुर्णमा पाइप जडान गरिसक्ने निष्कर्ष निस्केको वताए ।

आचार्यका अनुसार छलफलले भेन्टिलेटर र आइसियुको अभाव समाधान गर्नको लागि केही आइसियु थप गर्न १५ दिनभित्र प्रक्रिया अघि बढाउने निष्कर्ष निकालीएको छ ।

संघीय, प्रदेश सरकारमा पहलका लागि आफूहरुले सहयोग गर्ने समझदारी भएको छ । कोरोना महाहारी मंसिरसम्म तिव्र रुपमा हुने विज्ञहरुले वताइरहेकोले कोभिड बेड संख्या २ सय पुर्याउन, आइसोलेसनको संख्या २ सय पुर्याउने प्रक्रियको प्रस्ताव तयार गरेर अघि बढाइने भएको छ ।

आचार्यले वारम्वार प्रतिष्ठानको मेसिनहरु विग्रिएर विरामीहरुले उपचारमा समस्या भोगीरहनु पर्ने गुनासो वारम्वार आएकोले आफूहरु गम्भिर भएर छलफल गरेको वताए ।

विहान ३ घण्टासम्म भएको छलफलमा ‘राम्रो व्यवस्थापन हुनुपर्ने, उपचारका क्रममा डाक्टर नर्सहरुबाट हुने गरेका गलत व्यवहार सुधार गर्नुपर्ने लगायत त्याहाको उपचारमा हुने गरेका ढिलासुस्ती लगायतका विषयमा समेत छलफल गरीएको थियो ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले जनप्रतिनिधिहरुसँग कोभिड अस्पताल र त्यसको व्यवस्थापन, प्रदेश १ मा बढ्दो संक्रमणले निम्त्याएको चुनौतीबारे सौहार्दपुर्णरुपमा छलफल भएको बताए ।

संघीय सांसद जयकुमार राई, प्रदेश सभामुख प्रदिपकुमार भण्डारी, प्रदेश सांसद तथा नेकपा नेता भिम आचार्य, सांसदद्धय सावित्री श्रेष्ठ, उमिता बराइली सहभागी रहेका थिए ।

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic