टिकाको साइतमा धेरै भो परदेश गएको छोरो

  • कार्तिक १०, २०७७
  • ८५९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० कार्तिक ः विदेशीएका लाखौ युवाहरुको भावना समेटिएको म्युजिक भिडियो धेरै भो परदेश गएको छोरो शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आफ्नो उज्वल भविष्यको भारी सपना वोकेर विदेशीएका युवाहरुको भावनालाई समावेश गरेर निर्माण गरीएको सो भिडियो दशैंको टिकाको साइत गरेर सार्वनिक गरीएको हो ।

शव्द रचना निर्माता युवा समाजसेवी गोविन्द विश्वकर्मा रहेको सो भिडियोे हरेकघरबाट आफनो भविष्यको सपना वोकेर विदेशीएका युवाहरुको वास्तविक कथा समेटिएको छ ।

म्युजिक भिडियोमा लामो समय विदेशमा रहेका युवाले यस पटक दशै र तिहारमा आउने वताएपनि मालिकले विदा नदिएपछि टिका र जमरा सुकेको र तिहारमा चेलीले उनको माला पनि त्यति कै सुकेर गएको नेपाली समाजको वास्तविकतालाई भिडियोमा देखाइएको छ ।

राम धामी र गिता चौधरीको स्वर रहेको सो भिडियोको गीतमा संगीत राम धामीले दिएकाछन् ।
भावना डिजिटल रेकडिड. स्टुडियो धरानका हेम सुव्वाले एरेन्जरको भूमिका निर्वाह गरेका छन भने नगेन्द्र लोहोरुड.राईले छायाड.कन निर्देशन गरेकाछन् ।

सो म्युजिक भिडियोमा सिजन राजधामी,कुसुम मगर, विनिता न्यौपाने, गोरसमान आलेमगर,मिना राई लगायतका कलाकारले अभिनय गरेकाछन् ।

विदेशीएका लार्खौ युवाहरुको वास्तविकतालाई समावेश गरेर रचना गरीएको गीत र भिडियो निर्माण गरीएकोले लाखौ स्रोताहरुले मन पराउने निर्माता विश्वकर्माको विश्वास रहेको छ ।

लाखौ स्रोताको मन मनमा वस्न यो म्युजिक भिडियो सफल हुने उनको दावी रहेको छ ।
एकपल्ट हेरीदिन र सल्लाह सुझाव गरीदिनको लागि पनि निर्माता विश्वकर्माले स्रोताहरुलाई आग्रह गरेकाछन् ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic