टिकाको साइतमा धेरै भो परदेश गएको छोरो

  • कार्तिक १०, २०७७
  • ८१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० कार्तिक ः विदेशीएका लाखौ युवाहरुको भावना समेटिएको म्युजिक भिडियो धेरै भो परदेश गएको छोरो शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आफ्नो उज्वल भविष्यको भारी सपना वोकेर विदेशीएका युवाहरुको भावनालाई समावेश गरेर निर्माण गरीएको सो भिडियो दशैंको टिकाको साइत गरेर सार्वनिक गरीएको हो ।

शव्द रचना निर्माता युवा समाजसेवी गोविन्द विश्वकर्मा रहेको सो भिडियोे हरेकघरबाट आफनो भविष्यको सपना वोकेर विदेशीएका युवाहरुको वास्तविक कथा समेटिएको छ ।

म्युजिक भिडियोमा लामो समय विदेशमा रहेका युवाले यस पटक दशै र तिहारमा आउने वताएपनि मालिकले विदा नदिएपछि टिका र जमरा सुकेको र तिहारमा चेलीले उनको माला पनि त्यति कै सुकेर गएको नेपाली समाजको वास्तविकतालाई भिडियोमा देखाइएको छ ।

राम धामी र गिता चौधरीको स्वर रहेको सो भिडियोको गीतमा संगीत राम धामीले दिएकाछन् ।
भावना डिजिटल रेकडिड. स्टुडियो धरानका हेम सुव्वाले एरेन्जरको भूमिका निर्वाह गरेका छन भने नगेन्द्र लोहोरुड.राईले छायाड.कन निर्देशन गरेकाछन् ।

सो म्युजिक भिडियोमा सिजन राजधामी,कुसुम मगर, विनिता न्यौपाने, गोरसमान आलेमगर,मिना राई लगायतका कलाकारले अभिनय गरेकाछन् ।

विदेशीएका लार्खौ युवाहरुको वास्तविकतालाई समावेश गरेर रचना गरीएको गीत र भिडियो निर्माण गरीएकोले लाखौ स्रोताहरुले मन पराउने निर्माता विश्वकर्माको विश्वास रहेको छ ।

लाखौ स्रोताको मन मनमा वस्न यो म्युजिक भिडियो सफल हुने उनको दावी रहेको छ ।
एकपल्ट हेरीदिन र सल्लाह सुझाव गरीदिनको लागि पनि निर्माता विश्वकर्माले स्रोताहरुलाई आग्रह गरेकाछन् ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic