सिनेट सदस्य संयोजक रहने अधिकार सम्पन्न अनुगमन समिति बनाउन माग

  • कार्तिक १५, २०७७
  • २,९५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान स्थित वीपी प्रतिष्ठानमा पछिल्लो समय वढदै गएको वेथिति र उपचारमा हुने गरेको लापर लगायतका विषयमा चासोका रुपमा हेरीएको वीपी दबाब समुहले भोली मागसहित अवधारणा पत्र बुझाउने भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा भएको दवाव समूहको छलफलले विभिन्न माग सहित प्रतिष्ठानलाई वुझाउन लागेको हो ।

दबाब समुहको शनिवारको आइतबार प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई मागहरु सहित अवधारणा पत्र बुझाउने निर्णय गरेको दवाव समूहका सहसंयोजक प्रा.डा. राजेन्द्र शर्माले जानकारी दिनुभएको छ ।

बैठकले अवधारणा पत्रको मस्यौदा तयार गर्ने र त्यसलाई अन्तिम रुप दिने जिम्मेवारी समुहका सहसंयोजक प्रा.डा.राजेन्द्र शर्मालाई दिएको छ ।

अवधारण पत्रमा तत्काल समाधान गर्न सकिने विषयहरु दीर्घकालिन रुपमा समाधान गर्न सकिने प्रतिष्ठानका समस्याहरुको समाधानको उपायहरु पनि समेटिएको हुने प्रा.डा. शमाले वताउनु भयो ।

प्रतिष्ठानमा भएको वेथितिहरुलाई सुधारका लागि आफूहरुले माग सहित अवधारण ल्याउन लागेको शर्मामा भनाई रहेको छ ।

उहाका अनुसार माग तथा अवधारणको लागि प्रतिष्ठानलाई सुधारका लागि ७ दिनको समय दिने र त्यसमा सुधार भए नभएको त्यसपछि पनि अनुगमन गरीने छ ।

प्रसाशनिक सुधार देखि विरामीको उपचारमा हुने गरेका लापरवाहिका विषयहरु र प्रतिष्ठानका उपकरणमा हुने समस्याका विषयहरु पनि अवधारणमा समावेश गरीएको शर्माको भनाइ रहेको छ ।

के के छन् त समुहले तयार पारेका मागहरु

प्रतिष्ठानको सञ्चालक परिषद (सिनेट) सदस्यको संयोकत्वमा अधिकार सम्पन्न अनुगमन समिति बनाउनुपर्ने,‘सामाजिक लेखा परिक्षण कस्ले गर्ने हो ? जिम्मेवारी तोकिनुपर्ने,वर्तमान अवस्थाको यथार्थ चित्रणसहितको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, एक्सन प्लान तयार गर्न बिशेषज्ञसहितको समुह निर्माण गर्न,अक्सिजन प्लान्ट सञ्चालन गर्न दबाब समुहको माग हुनेछ ।

यसैगरि, नागरिकको स्वास्थ्य विमालाई कोभिड उपचारको हकमा पनि लागु गरियोस्, उत्पादन तथा सुलभ पहुँचको व्यवस्था गर्न, लेभल थ्रीको कोभिड हस्पिटलको प्रत्याभुति सर्वसाधारण नागरिकलाई हुने गरि सेवा प्रदान गर्न, आचारसंहिता तर्जुमा र कार्यान्वयन गर्न पनि दबाब समुहको आवधारणा पत्रमा उल्लेख हुनेछ ।

‘सेवा सुचारु हुन नसकेको उपकरणहरु अविलम्ब मर्मत गरेर सेवा सुचारु गर्नुपर्ने, इर्मजेन्सी सेवा प्रभावकारी गरिनु पर्ने,पिसिआर गर्ने सेवा २४ घण्टा उपलब्ध गरिनुपर्ने माग रहेको छ ।

निकै विवादमा रहेको धरानको कोभिड अस्पताल भित्रको अव्यवस्था तुरुन्त निराकरण गर्न पनि माग गरेको छ । वारम्वार विग्रिने गरेको सिटिस्क्यान खरिदको प्रक्रियालाई तत्काल अघि बढाउन पनि समुहले माग पेश गर्ने भएको छ ।

प्रतिष्ठानमा एक पछि अर्को गरेर वेथिति वढन थालेपछि धरानवासीहरु जागरुक भएर दवाव समूह गठन गरी सकृय रहदै आएको छ । दवाव समूहको संयोजक सुनसरी उद्योग वाणिज्य संघ रहेको छ ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic