छाल खवर
धरान,२६ कार्तिक ः निर्वाचन नजिकिदै गर्दा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकालको टोली पूर्व क्षेत्रमा आइपुगेको छ ।
चुनावी प्रचारका क्रममा देशव्यापी रुपमा हिडीरहेको टोली विहिवार सुनसरी र धनकुटाको सीमामा रहेको भेडेटार आउन लागेको हो ।
सो भेटघाट कार्यक्रममा प्रदेश नं. १ र २ क्षेत्रका जिल्ला तथा नगरका अध्यक्षहरुसंग रहने केन्द्रीय सदस्यका उम्मेदवार तथा सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक ताम्राकारले जानकारी दिएकाछन् ।
सो कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकालले १ र २ नं प्रदेश भरीका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुसंग भेटघाट गर्नुका साथै आफ्ना प्रतिवद्धताहरु व्यक्त गर्ने कार्यक्रम रहेको ताम्राकारले वताउनु भएको छ ।
आगामी मंसिर ११ १२ र १३ गते काठमाडौंमा हुन लागेको महासंघको ५४ औ साधारण सभा तथा निर्वाचनमा ढकाल वरिष्ठ उपाध्यक्षमा आफ्नो समूह नै तयार गरी निर्वाचनको मैदानमा होमिनु भएको छ ।
उद्योगी व्यापारीहरुको अधिकारलाई संस्थागत गर्नु नै आफ्नो जी भएको ढकालले वताउदै आउनु भएको छ । ढकालले पश्चिम क्षेत्रका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुसंग भेटघाट तथा आफ्नो प्रतिवद्धता राखी सक्नु भएको छ ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic