रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा रक्तदान

  • मंसिर ७, २०७७
  • २,०५७ पटक पढिएको
  • छाल खबर
alt

धरान, ६ मंसिरः रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले रक्तदान कार्यक्रम गरेको छ ।

कम्पनीको तेश्रो वार्षिकउत्सवको अवसरमा रिलायन्सको धरान शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगतको चरम अभाव हुंदा विरामीले अकालमै जीवन विताउन परिरहेको तथा उपचारमा गम्भिर समस्या उत्पन्न भईरहेकाले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख सुजेन्द्र तामाङले बताए ।

कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको र कम तौल तथा ब्लडप्रेसरका कारण १६ जना रक्तदान गर्नवाट वञ्चित भएका थिए ।

कार्यक्रममा हालसम्म ४१ औं पटक रक्तदान गर्ने धरान १८ निवासी प्रेमकुमार राई र ३६औं पटक रक्तदान गर्ने वेलवारी, मोरङ निवासी विनोद गिरीलाई विशेष सम्मान समेत गरिएको थियो ।

प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका सुनसरी सभापति एवम् केन्द्रीय सदस्य उमेश थापाले कोरोनाको महामारी जस्तो प्रतिकुल समयमा पनि रिलायन्स लाइफ इन्स्योरेन्सले रक्तदान जस्तो महान् मानवीय सेवाको कार्यक्रम सफलतापूर्वक आयोजना गरी सामाजिक दायित्व वहन गरेको भन्दै उच्च प्रशंसा र हार्दिक  एवम् आभार व्यक्त गरे ।
वी.पी. प्रतिष्ठानमा अति गम्भिर अवस्थामा उपचार गराईरहेकी ताप्लेजुङकी प्रिया राईले रक्तदानस्थलवाटै ३ पिन्ट रगत प्राप्त गरेकी थिइन् ।
शाखा प्रमुख सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिलायन्सका क्षेत्रीय प्रमुख राजन निरौला, इटहरी शाखा प्रमुख विनोद कार्की, नेपाल व्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा लगायतको उपस्थिति रहेको थियो ।

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic